६ बैशाख २०८१, बिहीबार
एमालेले आगामी साउन २५ गते विधान सम्मेलन गर्ने

  • टाइम्स संवाददाता

  • १९ असार २०७८, शनिबार १७:३२

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठकले यही असार मसान्तभित्र सदस्यता नविकरण गर्ने र आगामी साउन २५ गते पार्टी विधान सम्मेलन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत प्रस्तावमा सो निर्णय भएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिनुभयो । उहाँकाअनुसार साउन ५ गतेसम्म केन्द्रमा सदस्यता विवरण पठाउने, भाद्र ५ गते पार्टीको वडा अधिवेशन सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । सोहीअनुसार भदौ १५ गते पार्टीको पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने, पार्टीको केन्द्रीय विभागलाई पूर्णता दिने निर्णय पनि बैठकले गरेको छ । नेता बस्नेतकाअनुसार अहिले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ ।

Nabintech