८ बैशाख २०८१, शनिबार
कोहलपुरका किशोरीलाई आत्मासुरक्षा तालिम

  • टाइम्स संवाददाता

  • २० असार २०७८, आईतवार १२:०७

बाँके कोहलपुर नगरपालिकाले नगर भित्रका किशोरीहरुलाई आत्मा सुरक्षा तालिम दिएको छ । कोहलपुर नगरपालिका सामाजिक विकास शाखाले किशोरीहरु माझ आत्मरक्षा सम्बन्धी ३ दिने तालिम संचालनमा ल्याएको छ । कोहलपुर नगरपालिका भित्रका मावि तहमा अध्ययन गरिरहेका किशोरीहरुको आत्मारक्षाका लागि सो तालिमको आयोजना गरिएको कोहलपुर नगरपालिका सामाजिक विकास शाखाकी संयोजक नारायणि वलीले बताएकी छिन् । तालिमको सुरुवाती चरणमा आक्रमणबाट कसरी बच्ने, संवेनशिल अंग बचाउन कसरी सकिन्छ र कसैले आक्रमण गरेपछि कसरी उसै माथि आक्रमण गर्न सकिन्छ भन्ने कुराहरुलाई विशेष जोड दिएर तालिमा गरिएको बताएकी छन् । समाजमा महिला माथि हुने विभिन्न खाले हिंसाबाट बचाउनका लागि यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । तालिमको समापन सोमबार (असार २१) हुने भएको छ ।

Nabintech