२८ आश्विन २०८१, सोमबार
बाँकेमा पछिल्लो २४ घण्टामा कोरोनाका १० जना संक्रमित थपिए, ३ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २० असार २०७८, आईतवार १७:२५

बाँकेमा पछिल्लो २४ घण्टामा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ६८ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २७ नमुना परीक्षण गर्दा ५, नेपालगञ्ज मेडिकल कलेजमा १९ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी प्रयोगशालामा २२ नमुना परीक्षण गर्दा ४ जना गरी १० जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका २ जना छन् । १ जना महिला र १ जना पुरुष गरी २ जनामा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८४ हजार ६ सय ३९ नमुना परीक्षण गर्दा त्यसमा १७ हजार ४ सय ७१ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन् । ३ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ११० जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो २४ घण्टा कुनै पनि संक्रमितको निधन भएको छैन् भने बाँके जिल्लामा हालसम्म कोरोना भाईरसका कारण ३११ जनाको निधन भएको छ भने उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृत्यु हुने भाइरस संक्रमितको संख्या ३ सय ६२ पुगेको छ ।

Nabintech