१५ चैत्र २०८०, बिहीबार
बाँकेमा कोरोनाका ३१ जना संक्रमित थपिए, १ जना डिस्चार्ज, दुईजनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २१ असार २०७८, सोमबार १७:४२

बाँकेमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १६९ नमुना परीक्षण गर्दा ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १०७ नमुना परीक्षण गर्दा २४, नेपालगञ्ज मेडिकल कलेजमा ३१ नमुना परीक्षण गर्दा ३ जना र बागेश्वरी प्रयोगशालामा ३१ नमुना परीक्षण गर्दा ४ जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका १ जना छन् । १ जना महिलामा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८४ हजार ८ सय ८ नमुना परीक्षण गर्दा त्यसमा १७ हजार ४ सय ८० जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा १ जना डिस्चार्ज भएका छन् । १ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १११ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।
बाँकेमा थप दुईजना संक्रमितको मृत्यु
नेपालगन्जस्थित भेरी अस्पतालमा थप दुईजना कोरोना संक्रमिताको मृत्यु भएको छ । बुढीनन्दा–७ बाजुराका ६२ वर्षीय पुरुष र गुलरिया नगरपालिका– ४ बर्दियाकी ५९ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति बाँकेका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् । यो संगै बांके जिल्लाको मृत्यु संख्या ३११ पुगेको छ भने बाँकेमा आएका बाहिरी जिल्लाका ३ सय ६४ जनाको मृत्यु भएको वलीले बताएका छन् ।

Nabintech