७ बैशाख २०८१, शुक्रबार
कोहलपुरको शहरी हरित पार्कमा बृक्षा रोपण

  • टाइम्स संवाददाता

  • २२ असार २०७८, मंगलवार १७:३७

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको शहरी हरित पार्कमा बृक्षा रोपण गरिएको छ । प्रबुद्ध जेष्ठ नागरिक मञ्च कोहलपुरको आयोजना र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा शहरी हरित पार्क न्युरोड कोहलपुरमा फुल तथा बिरुवा लगाइएको छ । सो कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य एवम् निवर्तमान मन्त्री आरती पौडेलले कोहलपुर नगरपालिकालाई हरित नगरका रुपमा विकास गर्नका लागि बिरुवा रोप्नुपर्ने बताएकीछिन् । साथै उनले कोहलपुरलाई सुन्दर, हरियाली नगर बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताउँदै कोहलपुर नगरलाई नेपालकै उत्कृष्ट नगरका रुपमा विकास गर्नुपर्ने बताईन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले बृद्ध बुवा आमाहरुको आराम गर्ने स्थानका रुपमा विकसित प्रबुद्ध जेष्ठ नागरिक मञ्चलाई सुन्दर बनाउनका लागि स्थानिय सरकारले आवश्यक सहयोग गरिरहेको बताउँदै कोहलपुर नगरलाई सुन्दर बनाउनका लागि सबै लाग्नुपर्ने बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकाले नगर भित्र नयाँ नयाँ बोट बिरुवाहरु रोपेर आकर्षणको केन्द्र बनाईरहेको बताएका छन् । सो अवसरमा श्रीखण्ड लगायत एक सय बढि बिरुवा तथा फुलहरु लगाईएको थियो । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा लगायत बृद्ध बृद्धा, समाजसेवीहरुको सहभागिता रहेको थियो ।

Nabintech