१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका २६ जना संक्रमित थपिए, ९ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २२ असार २०७८, मंगलवार १७:४६

बाँकेमा पछिल्लो २४ घण्टामा थप २६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १६१ नमुना परीक्षण गर्दा २६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७९ नमुना परीक्षण गर्दा २४, नेपालगञ्ज मेडिकल कलेजमा ४० नमुना परीक्षण गर्दा २ जना र बागेश्वरी प्रयोगशालामा ४२ नमुना परीक्षण गर्दा शून्य गरी २६ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ७ जना छन् । २ जना महिला र ५ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८४ हजार ९ सय ६९ नमुना परीक्षण गर्दा त्यसमा १७ हजार ४ सय ८७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । ५ महिला र ४ जना पुरुष गरी ९ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १२० जना डिस्चार्ज भएको समितिले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको निधन भएको छैन् भने कोरोनाका कारण बाँके जिल्ला भित्रका हाल सम्म ३११ जनको निधन भएको छ भने बाँकेमा आएका बाहिरी जिल्लाका ३ सय ६४ जनाको मृत्यु भएको छ ।
त्यस्तै बाँकेमा मंगलवारदेखि निर्वाधरुपमा गाडी चल्न थालेका छन् । निषेधाज्ञा असार ३१ गतेसम्म लम्ब्याइए पनि जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि जिल्लाभित्र सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुन दिने आदेश जारी गरेको थियो । यसअघि गत असार १४ गतेदेखि जोर विजोर प्रणालीमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न दिइएको थियो । तर, धेरैले आदेश उल्लंघन गर्दै सबै गाडीहरु चलाइरहेका थिए । जिल्लामा गत बैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरिएपछि असार १३ गतेसम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनका लागि अनुमति दिइएको थिएन । सोमवार रातीदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन चल्न दिइएपछि मंगलवार सडकमा धेरै गाडी गुडेका छन् । पसल व्यवसाय पनि विहान ९ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिइएको छ । सभा, सम्मेलन, गोष्ठी, विद्यालय, कलेज सञ्चालनमा भने अझै रोक लगाइएको छ ।

Nabintech