१४ बैशाख २०८१, शुक्रबार
कोहलपुर नगरपालिकालाई हिमालय बैंकद्धारा आर्थिक सहयोग

  • टाइम्स संवाददाता

  • २२ असार २०७८, मंगलवार १७:४९

बाँकेको काहलपुर नगरपालिकालाई हिमालयन बैंक कोहलपुर शाखाले आर्थिक सहयोग गरेको छ । कोहलपुर नगरपालिकाद्धारा संचालित कोभिड न्यूनिकरण सम्बन्धी कार्यक्रममा हिमालय बैंक कोहलपुरले ५५ हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । हिमालय बैंक कोहलपुर शाखाका प्रमुख तिर्थ पोख्रेलले बंैकको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाईरसको संक्रमणलाई न्यूनिकरण गर्नका लागि आवश्यक सहयोग पुग्ने लक्ष्यका साथ सहयोग गरिएको बताएका छन् । साथै उनले कोरोना भाईरसको महामारीमा सबैले स्वास्थ्य मापदण्डका नियमहरु पालना गर्नुपर्ने बताउँदै बैंकले स्थानिय तहसँग सहकार्य गरी विभिन्न कार्यहरु गर्ने बताएका छन् । साथै कोहलपुर नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अनन्तकुमार पौड्यालले कोरोना भाईरसको महामारी न्यूनकरण गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका छन् । बैंकले उपलब्ध गराएको आर्थिक सहयोगले कोरोना भाईरस न्यूनिकरणमा खर्च हुने बताएका छन् ।

Nabintech