१३ बैशाख २०८१, बिहीबार
एक हजार ७१८ नयाँ सङ्क्रमित, एक हजार ५६५ निको, १५ को मृत्यु

  • टाइम्स संवाददाता

  • २२ असार २०७८, मंगलवार १७:५९

पछिल्लो २४ घण्टामा थप एक हजार ७१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ५०३ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, पाँच हजार ८२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९१६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १५ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार २६३ जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार ५६५ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech