१६ चैत्र २०८०, शुक्रबार
एक हजार २१८ जनामा सङ्क्रमण , एक हजार २८६ सङ्क्रमणमुक्त

  • टाइम्स संवाददाता

  • २४ असार २०७८, बिहीबार १८:३०

पछिल्लो २४ घण्टामा थप एक हजार २१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ३७४ सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, पाँच हजार १५२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६५७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २९ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ३२० जनाको मृत्यु भैसकेको छ ।पछिल्लो २४ घण्टामा एक हजार २८६ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन्

Nabintech