८ बैशाख २०८१, शनिबार
बाँकेमा कोरोनाका १६ जना संक्रमित थपिए, ४ जना डिस्चार्ज, एकको मृत्यु

  • टाइम्स संवाददाता

  • २४ असार २०७८, बिहीबार १८:४७

बाँकेमा पछिल्लो २४ घण्टामा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १३१ नमुना परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७९ नमुना परीक्षण गर्दा १०, नेपालगञ्ज मेडिकल कलेजमा ३४ नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी प्रयोगशालामा १८ नमुना परीक्षण गर्दा शून्य गरी १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ५ जना छन् । २ जना महिला र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८५ हजार २ सय ४० नमुना परीक्षण गर्दा १७ हजार ४ सय ९६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना डिस्चार्ज भएका छन् । १ महिला र ३ जना पुरुष गरी ४ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १२८ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।
त्यस्तै कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–४ बर्दियाकी ६० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । असार १० गते कोभिड संक्रमण पुष्टि भएपछि उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन् । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ६६ जनाको मृत्यु भइसकेको छ ।

Nabintech