१४ बैशाख २०८१, शुक्रबार
डलरको भाउ अहिलेसम्मकै उच्च : आजको बिक्रीदर १ सय २५ रुपैयाँ ७२ पैसा

  • टाइम्स संवाददाता

  • ९ असार २०७९, बिहीबार १०:०२

काठमाण्डाै: अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ । हिजो १ सय २५ रुपैयाँ २२ पैसा थियो । सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १ सय २ रुपैयाँ मात्रै थियो । विश्व बजारमा डलरको माग बढेसँगै भाउ पनि बढेको हो ।

Nabintech