१४ बैशाख २०८१, शुक्रबार
दोश्रो सोमवारका दिन बागेश्वरी मन्दिरमा भक्तजनको घुइचो

  • टाइम्स संवाददाता

  • ९ श्रावण २०७९, सोमबार १७:११

नेपालगञ्ज : साउनको दोस्रो सोमवार पनि नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनको घुइचो लाग्यो । साउनको पहिलो सोमवार ९ गते सयौं भक्तजनले बागेश्वरी मन्दिरको शिवालयमा पूजा आराधना गरेका थिए ।

बागेश्वरी मन्दिरमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको थियो । साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।

हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ । सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ । यसको आफ्नो धार्मिक महत्व हुन्छ । यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ । यसपालिको साउन महिनामा ५ वटा सोमवार परेका छन् ।

Nabintech