१२ श्रावण २०८१, शनिबार
पिपुल्स पावर कम्पनीको आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला

  • टाइम्स संवाददाता

  • ३१ श्रावण २०७९, मंगलवार १०:५४

काठमाडौं : पिपुल्स पावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ जारी गरेको हो।  योमध्ये ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

Nabintech