९ असार २०८१, शनिबार
सात सय रुपैयाँले घट्यो सुनको मूल्य

  • टाइम्स संवाददाता

  • ३१ श्रावण २०७९, मंगलवार १२:३१

काठमाडौं : मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १५ रुपैयाँ घटेपछि चाँदी प्रतितोला एक हजार २२० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदी एक हजार २३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

Nabintech