१२ बैशाख २०८१, बुधबार
ज्ञान मिसेज नेपालगञ्जको फाइनल भदौ ११ मा

  • टाइम्स संवाददाता

  • ८ भाद्र २०७९, बुधबार १०:०३

नेपालगञ्ज:  हिन्दु महीलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा आयोजना गरिएको तिज नृत्य प्रतियोगिता संगै फेसन सो र ज्ञान मिसेज नेपालगञ्जको फाइनल यही भदौ ११ गते नेपालगन्जमा हुने भएको छ । प्रतियोगिताको अडिसन बाट छनोट भएका २१ प्रतिस्पर्धिहरु मध्ये बाट छनोट भएका ११ जना प्रतियोगिहरुलाई आज पत्रकार सम्मेलन मार्फत सार्बजनिक समेत गरिएको छ ।

अवधि मिडिया ग्रुप प्रा।लि। द्धारा सञ्चालित जी नेपाल फोरके टेलिभिजनको आयोजनामा गरिएको उक्त प्रतियोगिताको फाईनलमा नायिका करिश्मा मानन्धर , पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ सहभागि हुने टिलिभिजनका प्रमुख आशिष गुप्ताले जानकारी दिए ।

प्रतियोगितामा नृत्य र फेसन संगै ज्ञान मिसेज नेपालगञ्ज बिधाका फस्ट रनरअपले ५१ हजार , सेकेन्ड रनरअपले ३१ हजार, थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् । यो सबैभन्दा ठुलो राशीको पुरस्कारको प्रतियोगिता भएको आयोजकले दावी गरेको छ ।

Nabintech