४ बैशाख २०८१, मंगलवार
कैलाश मानसरोवर जाने तीर्थालुका लागि नेपालगञ्ज मुख्य गन्तब्यमार्ग

भारतको दिल्ली र लखनऊ हुँदै नेपालगञ्ज पुग्ने ६ लेनको सडक बनेकाले पनि यही मार्ग प्रयोग गर्न भारतीय रूचि राख्न थालेका छन


  • यदुराज मिश्र

  • ११ भाद्र २०७९, शनिबार १४:५०

नेपालगञ्ज : कैलाश मानसरोवर पुग्न चाहने तीर्थालुका लागि पछिल्लो समय नेपालगञ्ज केन्द्र बन्न थालेको छ । मानसरोवर पुग्न भारतबाटै बाटो भएपनि नेपालबाट बढी सुरक्षित हुने भएकाले नेपालगञ्जबाट यात्रा गर्नेको संख्या बढिरहेको हो ।कैलाश मानसरोवर जाने तीर्थालुका लागि नेपालगञ्ज मुख्य गन्तब्यमार्ग बन्दै गईरहेको यहास्थित होटलहरुमा भारतीय नागरिकको चहलपहलले संकेत गरेको छ ।

यसले नेपालगञ्जमा पर्यटकको उपस्थिति मात्रै बढाएको छैन पर्यटन र होटल व्यवसायीको आम्दानी पनि बढाएको छ । चीनमा पर्ने कैलाश मानसरोवर हिन्दू, बौद्ध तथा जैन धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल हो ।

भारतबाटै जान सकिने भए पनि भारतीयका लागि नेपाल सुरक्षित मार्ग भएको छ । भारतको दिल्ली र लखनऊ हुँदै नेपालगञ्ज पुग्ने ६ लेनको सडक बनेकाले पनि यही मार्ग प्रयोग गर्न भारतीय रूचाउँछन् । वैशाखदेखि असोजसम्म मानसरोवर पुग्न सकिने भएकाले अहिले नेपालगञ्ज भारतीय पर्यटकको स्वागत गर्न ब्यस्त छ ।

अहिले ६० जना भारतीय पर्यटकको टोली मानसरोवरका लागि नेपालगञ्ज आइपुगेका छ । यहाँबाट हुम्लाको सिमिकोट हुँदै मानसरोवर जान सकिन्छ । सिमिकोटबाट लिमि लाप्चा भञ्ज्याङसम्म ट्रेकिङ गर्दै जाने गरिन्छ ।

हिल्सा र केरुङबाट सडक मार्ग हुँदै १० दिन लगाएर दर्शन गर्दै आएका भारतीय पर्यटक नेपालबाटै मानसरोवरको दर्शन गर्न पाउँदा उत्साहित छन् । सिमिकोटबाट लिली लाप्चा भञ्ज्याङ एक सय ५ किलोमिटर दूरीमा पर्ने हुँदा कतिपयले हेलिकोप्टरबाटै पनि भञ्ज्याङसम्मको यात्रा तय गर्दै आएका छन् ।

हेलिकोप्टरबाट भञ्ज्याङको सौन्दर्य र रमणीय दृष्यावलोकन गर्ने पर्यटकका कारण हेलि पर्यटन व्यवसायी पनि खुसी छन् । भारतीय पर्यटकको चाप बढ्न थालेपछि नेपालगन्जका प्रायः सबै ठूला र मध्यम होटल भरिभराउ छन् ।

नेपालगञ्ज आइपुग्ने भारतीय पर्यटकले तारे होटल खोज्ने गरेपछि नेपालगञ्जमा धमाधम तारे होटलहरु थपिँदै छन् । कोरोना महामारी अघि नेपालगञ्जबाट सिमिकोटको हिल्सा हुँदै मानसरोवर पुग्ने भारतीय पर्यटकको संख्या १२ हजारभन्दा बढी थियो । दुई वर्षयता महामारीका कारण कमी आएपनि पुनः यो बढ्ने क्रममा छ ।

Nabintech