८ बैशाख २०८१, शनिबार
थापाले सम्हाले कोहलपुर नगर प्रहरीको कमाण्ड (फोटो फिचर )

गोर्खा दक्षिण वाहु पाँचौ, प्रहरी पराक्रम पदक, प्रहरी रत्न पदक लगायतका महत्वपूर्ण पदकसहित १५ वटा पुरष्कारबाट पुरष्कृत थापाले अब्बल प्रहरीको भुमिका निभाई सकेका छन


  • टाइम्स संवाददाता

  • १९ भाद्र २०७९, आईतवार ०९:३८

बाँके: २७ वर्ष ११ महिना २३ दिन नेपाल प्रहरीको सेवाबाट स्वच्छिक अवकाश लिएपछि प्रहरी निरीक्षक वीरबहादुर थापाले कोहलपुर नगर प्रहरीको कमाण्ड सम्हालेका छन् । एक जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी हवल्दार र १२ प्रहरी जवानका कमाण्डर थापाले कोहलपुर नगरपालिकामा पहिलो पटक गठन भएको नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर र चुनौति दुवै हात पारेका छन् ।

‘मेरो लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी अवसर र चुनौति दुवै हो उनी भन्छन्–‘सम्बृद्ध, विकसित र हरियाली सहर निर्माणको लागि स्थानीय सरकारले निर्दिष्ट गरेका कार्यहरुको कार्यान्वयन गराउनु हाम्रो जिम्मेवारी हो।’

कोहलपुर नगरपालिकाले कोहलपुर बजारलाई व्यवस्थित र सुन्दर सहर निर्माणका लागि थालेका प्रयासहरुलाई कार्यान्वयन गराउनतर्फ प्रहरी निरीक्षक थापा नेतृत्वको टोलीले खरोरुपमा उत्रनु पर्नेछ । उनी त्यसमा कामयाब देखिने संकेत दिएका छन् । ‘लामो समय ट्राफिक प्रहरीमा बसेर सेवा गरेको अनुभवलाई कोहलपुर नगरलाई व्यवस्थित गर्नका निमित्त खर्चिनु छु उनी भन्छन्–‘यसमा सम्पूर्ण कोहलपुरबासीको साथ र सहयोग अपरिहार्य छ ।

उनले कोहलपुर नगरपालिकाभित्रको सार्वजनिक जग्गा, भौतिक पूर्वाधार सुरक्षादेखि नगरपालिकाभित्रको बजार, पार्किङ र फुटपाथ व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

करिव १० वर्ष ट्राफिक प्रहरीमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव, जिल्ला प्रहरी कार्यालय बाँकेमा अपराध अनुसन्धानमा कुशलतापूर्वक निर्वाह गरेको अनुभवसँगै लागु औषध व्यूरो र सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर समेत काम गरेको अनुभवले कोहलपुरलाई व्यवस्थित, सुरक्षित र विकसित सहर बनाउन थापाको भूमिका महत्वपूर्ण हुने नगरबासीहरुले अपेक्षा गरेका छन् ।

प्रहरी संगठनमा कुशल, इमान्दार तथा क्षमतावान र सफल अधिकृतको रुपमा आफुलाई स्थापित गरेका थापाले आफुले कोहलपुरलाई सुन्दर सहर बनाउनका निमित्त हरसम्भव प्रयास गरिने उल्लेख गरे । उनको स्पष्ट आग्रह थियो–‘व्यवस्थित र सुन्दर सहरका लागि सम्पूर्ण नगरबासीको साथ र सहयोग जरुरी छ ।’

थापा कोहलपुरकै स्थानीयबासी भएकाले पनि कोहलपुरको अवस्थाबारे पूर्णरुपमा जानकार छन् । त्यसैले उनलाई कोहलपुरको सम्भावना, चुनौति र त्यसको सम्वोधनको उपाय पहिल्याउन गाह्रो छैन । उनी भन्छन्–‘म आफै कोहलपुरबासी हुँ । यो कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्धारमा रहेको विकसित सहर हो । यसलाई सुन्दर र व्यवस्थित सहर बनाउने अभियानमा आफ्नो घर सम्झेर काम गर्नेछु ।’ स्थानीय सरकार संचालन ऐन २०७४ ले नगर प्रहरी प्रमुखलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै उनले आफ्नो जिम्मेवारीमा कुनै कमी नहुने बताए ।

उनी गोर्खा दक्षिण वाहु पाँचौ, प्रहरी पराक्रम पदक, प्रहरी रत्न पदक लगायतका महत्वपूर्ण पदकसहित १५ वटा पुरष्कारबाट पुरष्कृत भइसकेका छन् । प्रहरी संगठनमा प्राप्त सीप र अनुभवलाई उनले कोहलपुरमा प्रयोग गर्ने बताएका छन् ।

Nabintech