२४ फाल्गुन २०८२, आईतवार
यू-१७ एसियन कप : नेपाल-भियतनाम भिड्दै

  • टाइम्स संवाददाता

  • २१ आश्विन २०७९, शुक्रबार ०९:४४

काठमाडौं : एएफसी यू–१७ एसियन कप छनोटमा आज नेपालले आयोजक भियतनामसँग  भियतनामसँग प्रतिस्पर्धा खेल्दैछ। नेपाल र भियतनामबीचको खेल साँझ पौने ६ बजे सुरु हुनेछ। फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ। तर, बलियो टोली भियतनामविरुद्ध नेपाललाई सहज हुने छैन।

बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो। भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ। पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४–० ले हराएको थियो।

समूह एफ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ। भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ।छनोट अन्तर्गत नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ।

Nabintech