२३ मंसिर २०८१, आईतवार
सिटी शीर्ष स्थानमा उक्लियो

  • टाइम्स संवाददाता

  • २३ आश्विन २०७९, आईतवार ०७:२७

काठमाडौं :​ इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ।सिटीको जितमा अर्लिङ हालान्डे १ गोल गर्दै सिटीबाट २० गोल पुरा गरेका छन्।  सिटीले आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा शनिबार साउथहेम्टनलाई ४-० ले पराजित गरेको हो। सिटीको जितमा नर्वेजियन स्टार हालान्डले १३ खेलमा नै २० गोल पुरा गरेका छन्।

जारी सिजन हालान्डले आफ्नो सनसनिपुर्ण स्कोरिङलाई जारी राख्दा सिटीलाई अग्रता भने जोआव क्यानसेलोले २० औ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए। टिमका लागि दोस्रो गोल फिल फोडेनले गरेका थिए। उनले ३२ औ मिनेटमा दोस्रो गोल गर्दा थप दुई गोल दोस्रो हाफमा सम्भव भएको थियो।

दोस्रो हाफमा रियाद महारेजले ४९ औ मिनेटमा तेस्रो गोल गर्दा हालान्डले ६५ औ मिनेटमा क्यानसेलोको पासलाई सदुपयोग गर्दै टिमका लागि चौंथो र ब्यक्तिगत रुपमा २० औ गोल पुरा गरे।

 

Nabintech