१५ चैत्र २०८०, बिहीबार
महिलाकेन्द्रित एक्सन फिल्म ‘पासो’को ट्रेलर सार्वजनिक

  • टाइम्स संवाददाता

  • २८ कार्तिक २०७९, सोमबार १५:१५

काठमाडौं : नयाँ नेपाली फिल्म ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ। आरबि पुनको लेखन तथा निर्देशन रहेको महिलाकेन्द्रित फिल्मको ट्रेलर आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको हो।

रिस्ता बस्नेत र सुनिशा बजगाइँको मुख्य भूमिका रहेको फिल्म क्राइम सस्पेन्स थ्रिलर जनरामा बनेको छ। अपहरणकारीको फन्दामा परेका पात्रले त्यहाँबाट निस्कन गरेको संघर्ष फिल्मको मुख्य विषयवस्तु हो।

फिल्ममा रिस्ता र सुनिशाबाहेक रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रनव आकाश, ऋतिक दुलाल, गीता थापा लगायतका कलाकारको पनि अभिनय रहेको छ।

भगवान भुजेल निर्माता, बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह-निर्माता तथा राजकुमार राउत कार्यकारी निर्माता रहेको फिल्म मंसिर १६ गतेदेखि प्रदर्शनमा आउँदैछ।

Nabintech