२ आश्विन २०८१, बुधबार
एकदिवसीय शृंखलामा नेपालको कब्जा, निर्णायक खेलमा युएई ६ विकेटले पराजित

  • टाइम्स संवाददाता

  • २ मंसिर २०७९, शुक्रबार १७:३२

काठमाडौं : काठमाडौंमा आयोजित दुई देशवबीचको एकदिवसीय शृंखलाको उपाधि नेपालले जितेको छ। शुक्रबार भएको निर्णायक खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि हात पारेको हो।

युएईले दिएको १ सय ७७ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै ४१ औँ ओभरमा पूरा गरेको हो। नेपाललाई जित दिलाउने क्रममा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले अर्धशतकीय पारी खेले। ज्ञानेन्द्र मल्ले ७३ बलमा ३ छक्का र ७ चौकाको मदतले ६४ रन बनाउँदा आशिफले अविजित ८८ रन बनाए। ११९ बलको सामना गरेका उनले १२ चौका प्रहार गरेका थिए।

युएईका लागि हजरत बिलाल र आयान खानले १/१ विकेट लिनुबाहेक अन्य बलरले सफलता पाउन सकेनन्।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो। युएईका लागि आयानले सबैभन्दा धेरै ५४ रन बनाए। ६३ बलको सामना गरेका उनले १ छक्का र ७ चौका प्रहार गरेका थिए। आयानबाहेक आलिशान सारफूले ३३, रोहन मुस्तफाले २४ र हजरत बिलालले २० रन बनाएका थिए। ३२ औँ ओभरमा कुल स्कोर ९३ रन हुँदा नवौँ विकेट गुमाएको युएईका लागि आयान खान र हजरत बिलालले महत्वपूर्ण ८३ रनको साझेदारी गरेर सम्मानजनक स्कोर बनाएका थिए।

युएईलाई सस्तोमा रोक्न नेपालका गुल्सन झा, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए भने ललित राजवंशी र सोमपाल कामीले १/१ विकेट लिएका थिए।  यसअघि भएको पहिलो खेलमा युएई विजयी भएको थियो भने दोस्रो र तेस्रो खेलमा लगातार नेपालले जित निकालेको हो। यतिवेला आइसिसीको एकदिवसीय वरीयताअनुसार युएई १५ औँ र नेपाल १९ औँ स्थानमा रहेका छन्।

 

Nabintech