१३ बैशाख २०८१, बिहीबार
विश्वकप फुटबलमा आज ४ खेल

  • टाइम्स संवाददाता

  • ७ मंसिर २०७९, बुधबार ०८:३२

काठमाडौं :  विश्वकप फुटबल  अन्तर्गत आज चार खेलहरु हुँदैछन्। कतार विश्वकपमा आज समूह ई र समूह एफ को दुई दुई खेलहरु हुनेछन्।पहिलो खेलमा समूह एफमा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। साविक उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।

यस्तै दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ। समूह ई मा रहेको जर्मनी र जापानबीचको खेल साँझ पौने बजे सुरु हुनेछ। विश्वकप अन्तर्गत नै आज हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ। उपाधि दाबेदार स्पेन र कोस्टारिकाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ।

त्यस्तै आज हुने चौंथो खेलमा बेल्जियमले क्यानडाको सामना गर्नेछ। समूह एफ मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ।

Nabintech