२१ बैशाख २०८१, शुक्रबार
गोरखामा सप्ताहव्यापी खेलकूद प्रतियोगिता सुरु

प्रतियोगितामा प्रथम हुने सदन लाई नगद रु २१ हजार, द्धितीयलाई रु १० हजार दिइनेछ


  • टाइम्स संवाददाता

  • १७ पुष २०७९, आईतवार १५:५९

कोहलपुर, बांके: कोहलपुर–२, बाँकेमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलमा सप्ताहव्यापी खेलकूद एवम् दशौं संस्थापक फुटबल प्रतियोगिता २०७९ आईतबारदेखि कोहलपुरमा सुरु भएको छ । हरेक वर्ष खेलकुद सप्ताह रुपमा सञ्चालन गर्दै आईरहेको गोरखाले यस वर्ष पनि ४ वटा सदनका छात्रा÷छात्रहरु बीच अन्तर सदनात्मक विभिन्न खेलकूद प्रतियोगिताहरु सञ्चालन गर्न लागेको हो ।

कार्यक्रमको उद्घाटन विद्यालयका सञ्चालक अध्यक्ष श्री केशर बहादुर आलेले दीप प्रज्वलन गरी शुभारम्भ गरेका छन । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्री केशर बहादुर आलेले विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नदिई आफू भित्रको प्रतिभालाई खेलको माध्यमबाट पहिचान गरी चौतर्फी विकासमा जोड दिन खेलकुद प्रतियोगिताको आयोजना गरिएको बताए । खेलकूद विद्यार्थीको निम्ति आफ्नो क्षमता प्रर्दशन गर्ने अवसर समेत भएको बताउदै आलेले खेलमा सक्रिय सहभागिता जनाउन बिद्यार्थीहरुलाई आव्हान समेत गरे । विद्यालयका प्रध्यानाध्यापक साधना थापाको स्वागत मन्तब्य संगै शुभारम्भ गरिएको कार्यक्रममा विद्यालयका सञ्चालक, कार्यरत शिक्षक तथा कर्मचारीहरु र अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

वि.स. २०६५ सालदेखि विद्यालयका संस्थापकहरुको आफ्नो छुटै कोषबाट सञ्चालन हुदै आईरहेको यो प्रतियोगिता पौष १७ गतेबाट सञ्चालन भई पौष २२ गते शुक्रबार गते समापन हुने बिद्यालयले जनाएको छ । खेल प्रतियोगितामा प्रथम हुने सदन लाई नगद रु २१ हजार, द्धितीयलाई रु १० हजार दिइने छ भने संस्थापक, शिक्षक तथा कर्मचारी बीच मैत्रीपूर्ण खेल समेत हुने विद्यालयका प्रशासकीय अधिकृत  कर्ण बस्नेतले कोहलपुर टाईम्सलाई जानकारी दिएका छन ।

भिडियो

 

Nabintech