१९ बैशाख २०८१, बुधबार
पोखरा गोल्डकप : मनाङ मर्स्याङ्दी र भुटनीज युथ एससी भिड्दै

  • टाइम्स संवाददाता

  • १९ पुष २०७९, मंगलवार ०८:३८

पर्वत : पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेलमा  मनाङ मर्स्याङ्दी क्लब र अमेरिकाको भुटनीज युथ एससीबीच प्रतिस्पर्धा हुनेछ।

विजेताले सेमिफाइनलमा चर्च ब्वाइजको सामना गर्नेछ। दुई टोलीबीचको खेल दिउँसो साढे १ बजेबाट सुरु हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ ।

प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा उपाधि दावेदार मच्छिन्द्र क्लबलाई हराँउदै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा संकटा क्लब र सशस्त्र प्रहरी बलको एपिएफ टिम भिड्नेछन्।

यस पटकको संस्करणमा पुरस्कार राशीमा विजेतालाई २ लाख र उपविजेतालाई १ लाख रुपैयाँ नगद वृद्धि गरिएको छ।

गत वर्ष विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाएका भए पनि यो संस्करणमा भने विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ नगद प्राप्त गर्ने भएका छन्।

२०५८ सालमा क्याराभान गोल्डकपको नामबाट सुरु भएको मोफसलकै ठुलो प्रतियोगिता मानिने यो गोल्डकप यस वर्षबाट ‘आहा रारा पोखरा गोल्ड कप’ मा परिणत भएको हो। २०५८ सालमा ‘क्याराभान गोल्डकप’ नाम रहेकोमा त्यसयता ‘आहा रारा गोल्ड कप’ भन्ने गरिएको थियो। गत वर्षको खेलमा विभागीय टोली एपिएफ क्लब विजेता बन्दा मनाङ मर्स्याङ्दी क्लबले उपविजेतामा चित्त बुझाएको थियो।

अहिलेसम्म भएका खेलमा नेपाल पुलिस क्लब ६ पटक विजेता र २ पटक उपविजेता, मनाङ मर्स्याङ्दी क्लब ६ पटक विजेता र ६ पटक नै उपविजेता, थ्रि स्टार क्लब ५ पटक विजेता र एक पटक उपविजेता भएका छन्।

 

Nabintech