२० बैशाख २०८१, बिहीबार
विवादमा नेपाल टी–२० लिग : खेलाडीले टस गर्न पनि मानेनन् (अपडेट)

  • टाइम्स संवाददाता

  • १९ पुष २०७९, मंगलवार १०:५६

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जारी नेपाल टी–ट्वान्टी लिगमा विवाद उत्पन्न भएको छ। पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा नेपाल टी–ट्वान्टीमा आज मंगलबार हुने खेलहरु अन्योलमा परेको छ।

तालिका अनुसार मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीच खेल हुने तालिका थियो। त।।  तर, दुबै टोलीका खेलाडीले टस नै गर्न मानेका छैनन्। दुबै टोलीले प्लेईङ–११ मा नाम दर्ता समेत गराएका छैनन्।

फ्रेन्चाईज टोलीमा आबद्द खेलाडीले सहमति अनुसारको रकम नपाएपछि उनीहरु आन्दोलित भएका हुन्। खेलाडीले खेल अघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक रकम पाउनु पर्ने सहमति रहेको थियो।

अपडेट

 नेपाल टी–२० क्रिकेट लिगमा विवाद देखिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) मुख्य आयोजक रहेको लिग सुरुवातदेखि नै विवादमा छ । विवादका कारण आजको पहिलो खेल ढिला गरी सुरु भएको छ। (क्यान) ले खेलाडीलाई पारिश्रमिक दिने आश्वासन दिएपछि खेल सुरु भएको हो।

अहिले काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्स खेलिरहेका छन् । बिहान खेलाडीले टस गर्न नमानेपछि ढिलो गरी सुरु भएको खेल ९ ओभरमा झारिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको काठमाण्डौले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनायो । जितका लागि विराटनगरले ९३ रनको लक्ष्य पाएको छ । विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स खेल्दैछन् । नेपाल टी–२० लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् । यसैबीच यो प्रतियोगिताको कमेन्ट्री बक्समा देखिँदै आएका कमेन्टेटर सचिन तिम्सिनाले सामाजिक सञ्जालमार्फत् खेलमा फिक्सिङ हुने गरेको दाबी समेत गरेका छन् ।

 

 

Nabintech