४ जेष्ठ २०८१, शुक्रबार
आहा रारा गोल्डकपको उपाधि संकटाले जित्यो

  • टाइम्स संवाददाता

  • २३ पुष २०७९, शनिबार १७:२७

काठमाडौं : भुटनिज क्लबलाई हराउँदै २२ औं संस्करणको आरा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ। पोखरा रङ्गशालामा शनिबार भएको फाइनलमा भुटनिज क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो। खेलको पहिलो हाफ २–२ को बराबरी भए पनि खेलको अतिरिक्त समयको अन्तिम समयमा संकटाले खेलमा बाजी मार्यो।

खेलको सातौं मिनेटमा संकटाका सुरजज्यू ठकुरीले पहिलो गोल गर्दै संकटालाई अग्रता दिलाउँदा खेलको ३४ औँ मिनेटमा मेसुके ओलेमाओको गोलमा संकटाले अग्रता दोब्बर बनायो । संकटाको अग्रता धेरै बेर टिक्न भने सकेन। खेलको ३७ औँ मिनेटमा रेने स्यान्टिनले पहिलो गोल फर्काउँदै भुटनिज क्लबले गोल अन्तर घटायो । लगत्तै ४७ औं मिनेटमा विलिस ग्रिफिटले दोस्रो गोल गरेपछि भुटनिजले संकटासँग बराबरी गोल गर्न सफल रह्यो।

खेलको इन्जुरी समयमा सुनिल बलले उत्कृष्ठ गोल गर्दै संकटालाई उपाधि दिलाए। संकटाले दोस्रो पटक उपाधि उचाल्दा भुटनिजको भने इतिहास रच्ने सपना चकनाचुर भएको छ । उपाधिसंगै संकटाले १२ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता भुटनिजले ६ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

Nabintech