६ बैशाख २०८१, बिहीबार
आज ‘रोज डे’ प्रियसीलाई कस्तो गुलाफ दिने ?

  • टाइम्स संवाददाता

  • २४ माघ २०७९, मंगलवार १०:१७

काठमाडौँ: आज फेब्रुअरी ७ अर्थात् ‘भ्यालेन्टाइन डे’को पहिलो दिन। भ्यालेन्टाइन सप्ताह सुरु भएको पहिलो दिन अर्थात् ‘रोज डे’ हो। यो पश्चिमी संस्कृती भएपनि पछिल्लो केही वर्षयता यसको प्रभाव नेपालमा पनि परहेको छ। ‘भ्यालेनटाइन डे’ को प्रतिक्षा रहेको युवायुवतीले आज आफ्नो प्रेमीप्रेमीकालाई रातो ‘गुलाब’को फूल दिएर मनाइरहेका छन्।

१४ फब्रुअरीलाई भ्यालेनटाइन अर्थात प्रणय दिवस भनेता पनि प्रेम गर्नेहरुले यसलाई एक हप्तासम्म विभिन्न नामले मनाउनेचलन छ। यसको शुरुवात ७ फेब्रुअरीबाट शुरु हुन्छ।

आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिनको रुपमा पनि हेरिन्छ।

फेब्रुअरी महिनालाई प्रेमको महिना भनिन्छ । भ्यालेनटाइन विक सुरु भईसकेको छ । आज भ्यालेनटाइन विकको पहिलो दिन अर्थात रोज डे हो । रोज डे को दिन तपाई आफ्नो प्रेमि प्रेमिकालाई रातो गुलाफ दिएर आफ्नो प्रेम सम्बन्ध अझ प्रगाढ बनाउन सक्नुहुन्छ ता कि तपाईको सम्बन्ध पनि सधैं रातो गुलाफ जस्तै सुन्दर रहि रहन्छ । रातो गुलाफलाई हर सुन्दर चिज तुलना गर्ने गरिन्छ ।

आजको दिन युवायुवतीहरुको लागि विषेश मानिन्छ । आजको दिन प्रेमिल जोडीहरु एकअर्कालाई रातो गुलाब दिएर आफ्नो भावना र प्रेम साटासाट गर्ने गर्दछन् । रोज डे को दिन तपाई आफूले माया गरेको व्यक्तिलाई मात्र नभएर आफ्नो नजिकको साथी भाईहरुलाई पनि भावना र आत्मियता अनुसारका रङको गुलाफ दिन सक्नु हुन्छ । रातो गुलाफ स्विकार गरेमा प्रेम स्विकार भयो भन्ने बुझिन्छ ।

रातो गुलाफ

आज विशेष गरि रातो गुलाफलाई खास मानिन्छ । रातो गुलाफलाई प्रेमको प्रतीकको रुपमा लिने गरिन्छ । रोज डे को दिन आफूलाई मनपरेको मानिसलाई रातो गुलाफ दिएर आफ्नो भावना साट्ने गरिन्छ ।  रातो गुलाफलाई प्रेमको प्रतिकको रुपमा लिइन्छ । यदि तपाई कसैलाई चोखो माया गर्नुहुन्छ भने तपाई रातो गुलाफ दिएर उसलाई आफ्नो मनको भावना व्यक्त गर्न सक्नु हुन्छ र रातो गुलाफ स्विकार भएरमा प्रेम स्विाकार भयो भन्ने बुझिन्छ ।

पहेलो गुलाब

पहेलो गुलाब दोस्ती र खुसीको प्रतिक हो । तपाई आफ्नो नजिकको मिल्ने साथी जसलाई तपाई कहिल्यै गुमाउन चाहन्नु हुृन्न उसलाई पहेलो गुलाफ उपहार दिन सक्नु हुन्छ ।

पिंक गुलाफ

पिंक गुलाफलाई नम्रता, मित्रता, कृतज्ञता र नयाँ सम्बन्धको सुरुवातको रुपमा लिइन्छ । आज तपाई कोहि मानिसलाई पहिलोपटक भेट्दै हुनुहन्छ भने आफ्नो साथमा पिंक गुलाफ लैजान नभुल्नु होस ।

सेतो गुलाफ

सेतो गुलाफले शुद्धता, निर्देष र विना शर्तको प्रेमलाई दर्शाँउछ ।

 

ओरेन्ज गुलाफ

ओरेन्ज अर्थात सुन्तला कलरको गुलाफले मोह र उत्साहको प्रतिनिधित्व गर्दछ ।

कालो गुलाफ

कालो रंगको गुलाफले पनि तपाईको भावनालाई व्यक्त गर्दछ । कालो गुलाफलाई भने दुश्मनीको प्रतिक मानिन्छ ।

Nabintech