५ जेष्ठ २०८१, शनिबार
कोहलपुर नगर प्रमुखले गरे आठ कोठे भवनको शिलन्यास

सामुदायिक बिद्यालयमा नया भबन निमार्ण गरि पुर्वाधार युक्त नमुना बिद्यालय बनाउने


  • टाइम्स संवाददाता

  • १० फाल्गुन २०७९, बुधबार १४:४२

कोहलपुर,बांके: बांके कोहलपुर नगरपालिका वडा न २ मा रहेको लक्ष्मी माध्यामिक बिद्यालय परीसरमा मा ८ कोठे भवनको शिल्यानास गरिएको छ । नगर प्रमुख पुर्ण प्रसाद आचार्यले एक कार्यक्रमका बिच ८ कोठे भवनको शिल्यानास गरेका हुन् । भवनको शिलन्याश पछि वाल्दै नगर प्रमुख आचार्यले सामुदायिक बिद्यालय भौतिक रुपमा मात्र सम्पन्न नभई शैक्षिक स्तरमा पनि सम्पन्न वन्नुपर्नेमा जोड दिए ।

लुम्बीनी प्रदेश सामाजिक डिभिजन कार्यालयको एक करोड र कोहलपुर नगरपालिकाको २० लाखको लागतमा ८ कोठा सहीतको २ तले भवन निमार्ण गर्न लागिएको नगरप्रमुख आचार्यले बताए । कोहलपुर नगर क्षेत्रमा रहेका सामुदायिक बिद्यालयका जिर्ण भवन पुन निमार्ण गर्ने र भबन नै नभएको सामुदायिक बिद्यालयमा नया भबन निमार्ण गरि पुर्वाधार युक्त नमुना बिद्यालय बनाउने आफ्नो योजना रहेको बताए । छानो मुक्त बिद्यालय घोषणा गर्ने अबस्थामा आफुहरु पुगेको र बालबालिकाहरु पक्की भबनमा पढ्ने वातावरणहरु बन्दै गएको आचार्यले बताए ।

Nabintech