५ जेष्ठ २०८१, शनिबार
कोहलपुर महोत्सव: सातौं दिन ५ हजारले गरे अबलोकन

महोत्सवको सातौं दिन स्टलहरुमा ४० लाख बराबरको कारोबार भएको अध्यक्ष लक्ष्मणराज पौडेलको दावि


  • बिकल भट्टराई

  • ११ फाल्गुन २०७९, बिहीबार २०:४५

कोहलपुर,बांके: कोहलपुरमा जारी लुम्बिनी महोत्सवको सातौं दिन आज बिहीबार गायिका पुर्णकला बि.सि., नेपाल आईडलकी अस्मिता अधिकारी  गाएक राज पौडेल, हास्यकलाकारहरु मुलाको साग सुरेन्द्र केसि, पानवाला जोगिन्दर, लगायतका चर्चित कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गरेका छन । ९ गतेको तुलनामा ११ गते दर्शकहरुको उत्साहजनक उपस्थिती रहेको  भने पाईएन ।

कोहलपुरमा गत शुक्रबारबाट सुरु भएको लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ सातौं दिन  टिकट काटेर ५ हजार दर्शकहरुले महोत्सव अवलोकन गरेका छन् । ‘कृषि,पर्यटन,शिक्षा र उद्योगको आवश्यकता व्यवसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको महोत्सवको सातौं दिन  टिकट काटेर ५ हजार दर्शकहरुबाट उत्साहजनक  अवलोकन गरेको आर्थिक उपसमितिकी संयोजक सिता कार्कीले कोहलपुर टाईम्सलाई बताइन् ।

कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ कोहलपुरमा पहिलोपटक लुम्बिनी प्रदेश स्तरीय महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा २ सय ५० स्टल राखिएका छन् । महोत्सवको सातौं दिन ४० लाख बराबरको कारोबार भएको उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलको दावि रहेको छ । महोत्सवको आठौं दिन भोलि १२ गते गायिकाद्धय रिता के.सि., रेश्मा पुन गाएकद्धय चक्र बम, एम. टि. महर डान्सर अञ्जलि अधिकारी,  गायिका नायिका एबं उद्घोषिका शोभा त्रिपाठि आउने कार्यक्रम रहेको  आयोजक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष परदिप भट्टराईले जानकारी दिएका छन । महोत्सव आगामी फागुन १३ गतेसम्म सञ्चालन हुनेछ ।

भिडियो

Nabintech