२३ बैशाख २०८१, आईतवार
महोत्सवको नवौ दिन आज शनिबार सर्बाधिक दर्शकको उपस्थिती

एलिना चौहानले धोकेबाज हौ तिमी बोलको गित गाउदा के बालक, के युवा बृद्ध बृद्धा समेत मन्त्रमुग्ध


  • टाइम्स संवाददाता

  • १३ फाल्गुन २०७९, शनिबार २०:२७

कोहलपुर: कोहलपुरमा जारी लुम्बिनी प्रादेशिक महोत्सवको आज शनिबार नवौं दिनमा ३० हजार बढिले मेला महोत्सवको अबलोकन गरेका छन । फाल्गुण ५ गते देखि सञ्चालनमा आएको महोत्सवमा दर्शकहरुको आजको उपस्थिती सर्वाधिक हो ।

टिकट घर, न्युरोड देखि महोत्सव स्थल सम्म ठेलम ठेल गर्दै दर्शकहरुले आजको महोत्सव अबलोकन गरेका छन । आज ब्यापार समेत सर्बाधिक नै भएको आयोजकहरुको दाबि रहेको छ । आजको कारोबार एक करोड बढिको भएको आकलन गरिएको छ ।

आजको महोतसवको मुख्य आर्कषण एलिना चौहान रहिन उन्ले धोकेबाज हौ तिमी बोलको गित गाउदा के बालक, के युवा बृद्ध बृद्धा समेत मन्त्रमुग्ध हुदै स्वरमा स्वर मिलाएका थिए । उन्को प्रस्तुती हुदै गर्दा सबै दर्शकहरु मञ्चतिर केन्द्रित हुदा पनि महोत्सव स्थल बाहिर समेत भिडभाड उत्तिकै देख्न सकिन्थ्यो ।

स्वरुपराज आचार्यको चर्चित डाँडाघरे साइली गीतबाट हौसिएका दर्शकहरु गायकद्धय सत्यराज आचार्य र स्वरुपराज आचार्यका कर्णप्रिय गितमा झुमेर साथ दिए । डान्सर आरुसि मगर सगैं स्थानिय कलाकारहरुको प्रस्तुतीले भरपुर मनोरञ्जन लिएका दर्शकहरुलाई उदघोषण कलाले शोभा त्रिपाठिले समेत मन्त्रमुग्ध गार्न सफल रहिन ।

कृषि,पर्यटन,शिक्षा र उद्योगको आवश्यकता व्यवसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको महोत्सवको मुख्य उद्धेश्यकोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणका लागि रहेको छ ।
कोहलपुरमा पहिलोपटक लुम्बिनी प्रदेश स्तरीय महोत्सवमा २ सय ५० स्टल राखिएका छन् ।

म्याद सकिनै लाग्दा उत्साहजनक उपस्थिती हुदै गर्दा स्थानिय सरकारले महोत्सवको अबधि थप्न ईन्कार गरेपछि महोत्सवको समापन एक समारोहका बिच भोलि आईतवार गरिने आयोजक उद्योग बाणिज्य संघले जनाएको छ ।

Nabintech