५ जेष्ठ २०८१, शनिबार
कोहलपुर वडा नं. १० जग्गा वितरण कार्यक्रम : नापीको काम एकतानगरबाट सुरु

भूमिहिन दलित , भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासिहरुलाई सेतो पहेलो कागज भन्दै झुक्याउने काम नगरी सिधै जग्गा धनी पुर्जा वितरण गरिने


  • सरला सुबेदी

  • १६ फाल्गुन २०७९, मंगलवार ०७:५६

कोहलपुर, बाँके : बांकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का भूमिहिन दलित , भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासिहरुलाई जग्गा वितरण कार्यक्रम अन्तर्गत नापीको काम एकतानगरबाट सुरु गरिएको छ।

सोमबार वडा नम्बर १० ले राखेको एक कार्यक्रमका बिच भुमी आयोग जिल्ला बाँकेका अध्यक्ष श्रवण कुमार यादवको प्रमुख आतिथ्यतामा नापि कार्यक्रम सुरु गरिएको हो। आयोगका जिल्ला अध्यक्ष श्रवण कुमार यादवले चाडो भन्दा चाडो बाँके जिल्ला भित्रका भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेका व्यक्तिहरुको नाममा सेतो पहेलो कागज भन्दै झुक्याउने काम नगरी सिधै जग्गा धनी पुर्जा वितरण गरिने बताएका छन् ।


उनले कोहलपुर १० वडाबासिहरुलाई बिबाद रहित रुपमा जग्गा नापी गर्न सहयोग पुर्याउन आग्रह समेत गरेका छन् । यस्तै नापी कार्यालय बाँके प्रमुख सहदेव सुबेदीले बिना विवादित नापी टोलिलाई सहयोग गर्न र वडा सहजीकरण टोलिले नापी टोलिलाई सहयोग गरिदिन आग्रह समेत गरेका छन् । उनले जतिसक्दो चाडो नापिको काम सकिन्छ त्यति छिटो काम सकिने उनले बताएका छ्न।


कोहलपुर वडा नम्बर १२ का वडा अध्यक्ष नगरस्तरिय संयोजक बिरेन्द्र कुमार शाहले वडा नम्बर १० का वडाबासिलाई आफ्नो सांध सिमाना छुट्याइ नापि टोलिलाई सघाइदिन अनुरोध गर्दै स्थानियको सहयोगले नै सर्वेक्षक अमिनलाई छिटोभन्दा छिटो जग्गा नाप्न सजिलो हुने बताएका छन् ।

उनले दलित सुकुम्बासी र भुमिहिन सुकुम्बासी लाई पहिलो चरणलाई पुर्जा बाडिने त्यस पश्च्यात अव्यवस्थित बसोबासिलाई लालपुर्जा बाडिने बताएका छन् । पछिल्लो समय कोहलपुर वडा नम्बर १ का १४२ जनाको लालपुर्जा वितरण छिट्टै गरिने तयारी गरिएको बताउदै शाहले नापि टोलिलाई धमाधम कार्य संचालन गर्न आग्रह समेत गरेका छन् ।

भुमी आयोगकी सदस्य मिना सिग्देलले राजनीतिक नियुक्ती टिकाउ नहुदा आफ्नो वडाको नापि गराउन सक्दिन कि भन्ने चिन्ता लागेको र अब नापी संचालन सुरु भएदेखी आफुलाई निकै खुसी लागेको बताईन ।उनले राजनीति गर्दा आफ्ना वडाबासिलाई लालपुर्जा दिलाउने भूमिहीन सुकुम्बासीलाई जग्गा दिलाउने भाषणका कुरा यस पटक पूरा हुने बताएकि छिन् ।

वडा नं. १० की वडा अध्यक्ष गौरा भट्टराईले आफ्नो वडाको जग्गा नापजाँच सुरु भएको र वडाबासिको अनुहारमा खुसी छाएको देख्दा आफु पनि खुसी भएको बताएकि छिन् । उनले वडाको तर्फ र आफ्नो व्यक्तिगत तर्फबाट नापि टोलिलाई पुर्ण रुपमा सहयोग गर्ने बिबादरहित रूपमा नापि कार्य समापन गर्न कतै नचुक्ने बताएकी छिन।

वडा नं. १० का वडा सदस्य भिम पौडेलले कार्यक्रम संचालन गर्दै आफ्नो वडाको नापी कार्यमा नापि टोलिलाई सहयोग गर्न आफू लगायत सम्पुर्ण वडाबासीको सहयोग रहने बताएका छन् । कार्यक्रममा नापी कार्यलय बाँकेका नापी टोलि प्रमुख जनकराज जोशी लगायत विभिन्न पाटिका प्रतिनिधि र वडाबासिहरुको उत्साहजनक उपस्थिती रहेको थियो।

Nabintech