५ जेष्ठ २०८१, शनिबार
शिवशिखर पिडितहरुको ईप्रकामा ठाडो उजुरी

बैंक तथा बित्तीय संस्थाहरुको कारोबारको उजुरी अदालतले मात्र हेर्ने भएकाले ईप्रकामा दिएको उजुरीले पिडितहरुले न्याय नपाउने


  • टाइम्स संवाददाता

  • १६ फाल्गुन २०७९, मंगलवार १७:२४

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा शाखा कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरुले आफनो बचत रकम फिर्ता नपाएपछि ठगीएको महशुस गर्दै आज मंगलवार ईलाका प्रहरी कार्यालय कोहलपुरमा ठाडो उजुरी दिएका छन् । आइतबार कार्यालय परीसरमा बचत फिर्ताका लागि आन्दोलनरत रहेका बचतकर्ताहरुले ईलाका प्रहरी कार्यालय कोहलपुरमा समेत उजुरी दिएका हुन ।

कोहलपुरमा रहेका ८ दर्जन बढिको संख्यामा रहेका बचतकर्ताहरुले ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको बचतकर्ता दिपक ढुङ्गानाले कोहलपुर टाईम्स संगको भेटमा भने। आफ्नो रकम असुरक्षित महसुस गरि सुरक्षाका लागि शिवशिखर सहकारीका बचतकर्ताहरुले ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको ढुङ्गानाल बताए ।

यद्यपी यस्तो बैंक तथा बित्तीय संस्थाका घटनाहरु आफनो क्षेत्राधिकार भित्र नपर्ने भन्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले सहकारीहरुले ठगी गरेका विषयहरुलाई सिधै अदालले हेर्ने भएको बताउदै आफुहरुले केही पनि गर्न नसक्ने अबस्था रहेको बताए ।

पडितहरुले निवेदन लिएर आउनुभएको रहेछ दर्ता गर्न मिल्दैन हुँदैन गोलघरमा छोडेर जानुभएको छ उनले भने । शिवशिखरका देशभरी ३६ वटा शाखाहरु रहेका छन् । कोहलपुरमा मात्र १२ हजार भन्दा बढि बचतकर्ताहरुको ६५ करोड भन्दा बढि रकम फिर्ता गर्नुपर्ने आकलन गरिएको छ ।

कोहलपुरमा शिवशिखरले दैनिक वचत, मासिक वचत, फिक्स वचत, बाल बचत र मुद्धती बचत जस्ता खाताहरु सञ्चालनमा ल्याएर कर्जा, वचत तथा मार्ट जस्ता कारोबारहरु गर्दै आएको थियो ।

र यो पनि

शिवशिखर सहकारीको कोहलपुर शाखाले ठगी गरेको आरोपमा बचतकर्ताहरु आन्दोलनमा

Nabintech