७ बैशाख २०८१, शुक्रबार
स्ववियु निर्वाचन : बागेश्वरीमा त्रिपक्षिय भिडन्त

बागेश्वरी बहुमुखि क्याम्पसमा स्ववियु निर्वाचनको सरगर्मि


  • संजय मण्डल

  • २५ फाल्गुन २०७९, बिहीबार १३:४४

कोहलपुर, बांके:आसन्न स्ववियु चुनावका लागि बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरमा त्रिपक्षिय भिडन्त हुने भएको छ । आज अनेरास्ववियुका देबेन्द्र बुढाको नेतृत्वलाई मनोनयन कायमका लागि अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालद्धारा हस्ताक्षरीत पत्र स्ववियु निर्वाचन कार्यालय बागेश्वरी बहुमुखि क्याम्पसमा दर्ता गरे संगै त्रिपक्षिय भिडन्त हुने भएको हो ।

यस अघि ने.बि.संघ र अखिल क्रान्तिकारीले मनोनयन दर्ता गरि सकेका छन । अध्यक्षमा ने.बि.संघबाट टिका कुमारी शाहि, अखिल क्रान्तिकारीबाट लक्ष्मण आचार्य र अनेरास्ववियुका तर्फबाट देबेन्द्र बुढा बिच कडा टक्कर रहने बिद्यार्थी नेताहरुले आकलन गरेका छन ।
सचिवमा अनेरास्ववियुका महेन्द्र प्रकाश मल्ल, अखिल क्रान्तिकारीका दिपेन्द्र शाहि र ने.बि.संघका युवराज बिष्टबिच रोचक भिडन्त रहनेछ । अनेरास्ववियुका सुरेश चदारा, अखिल क्रान्तिकारीका शान्ति बि.क. र ने.बि.संघका नवराज बि.क. कोषाध्यक्ष पदका दाबेदारको रुपमा प्रस्तुत भएका छन ।

अन्य सदस्य पदका लागि अनेरास्ववियुका तर्फबाट अबिशा बोहरा,सिर्जना मल्ल, तुलाराम भट्टराई र तिर्थ कुमारी नकाल अखिल क्रान्तिकारीका तर्फबाट शान्ति सुनार, प्रेम शाहि, सम्झना शाहि र सुर्य तिवारी एबं ने.बि.संघकातर्फबाट बसन्त कुमार खत्रि, आर्यन जोशि, एलिना ठकुरी र राम कृष्ण थारु बिच प्रतिस्पर्धा रहने स्ववियु निर्वाचन कार्यालय बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरले जनाएको छ ।

एमाले सर्मथित अनेरास्ववियु र एकिकृत समाजबादि सर्मथित अनेरास्ववियु समाजबादि बिच तालमेल समेत रहेका अनेरास्ववियु बांकेका उपाध्यक्ष बिकल भट्टराईले कोहलपुर टाईम्सलाई बताए उन्का अनुसार अनेरास्ववियुका तर्फबाट मनोनयन दर्ता गरेका कोषाध्यक्ष पदका उम्मेदवार सुरेश चदारा र सदस्य तिर्थ कुमारी नकाल समाजबादि बिद्यार्थी संगठनका हुन भने अन्य सबै अनेरास्ववियुका हुन ।

६  वर्षदेखि स्ववियु निर्वाचन हुन नसकेको परिप्रक्षेमा बिद्यार्थी नेताहरु चैत्र ३ गते हुने स्ववियु चुनावका लागि प्रचार प्रसार गर्दै अभिमत आफनो संघ, संगठनको हात पार्न कस्सिएका छन भने बागेश्वरी बहुमुखि क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मि बढेको छ ।

 

Nabintech