१२ श्रावण २०८१, शनिबार
यूएईविरुद्ध टस हारेको पीएनजी ब्याटिङमा

  • टाइम्स संवाददाता

  • २६ फाल्गुन २०७९, शुक्रबार १०:००

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग टूअन्तर्गत त्रिकोणात्मक सिरिजमा पपुवान्युगिनी (पीएनजी) र यूएईबीच प्रतिस्पर्धा भइरहेको छ।

खेल नेपाली समयअनुसार बिहान साढे ९ बजेबाट त्रिवि मैदानमा सुरु भएको हाृ। खेलमा यूएईले टस जितेर पीएनजीलाई ब्याटिङको निम्तो दिएको छ ।

पहिलो खेलमा पीएनजी घरेलु टोली नेपालसँग ५२ रनले हारेको थियो। आज  पीएनजी यूएईमाथि जित दर्ता गर्दै खेलमा फर्कने लक्ष्यमा छ। यी दुईबीच दुई सातामा यो तेस्रो भेट हो।

लिग टूअन्तर्गत घरेलु टोली यूएईविरुद्धको दुवै खेलमा पीएनजी विजयी भएको थियो। सिरिजको पहिलो खेलमा पीएनजीले १३१ रनको जित निकालेको थियो भने  दोस्रो खेलमा यूएई पाँच विकेटले पराजित भएको थियो।

 

Nabintech