१२ श्रावण २०८१, शनिबार
बाँके जिल्ला कराते महासंघको अध्यक्षमा शाह

महासंघले खेलाडीको मनोबल उच्च राख्दै सिंगो जिल्लाको नाम चिनाउन र खेल क्षेत्रलाई सक्रिय राखि खेलाडीहरुको खेलप्रतिको रुचिलाई निरन्तरता दिने


  • टाइम्स संवाददाता

  • २७ फाल्गुन २०७९, शनिबार १२:१७

नेपालगञ्ज, बांके: बाँके जिल्लामा कराँते खेल सम्बद्ध खेलाडिहरुको नेपालगञ्ज रंगशालामा भएको एक भेलाले बाँके जिल्ला कराँते महासंघ गठन गरेको छ । जिल्ला खेलकुद विकास समितीका अध्यक्ष सन्दिप जंग शाहको अध्यक्षतामा आयोजित भेलाले १७ सदस्यि बाँके जिल्ला कराते महासंघ गठन गरेको हो । जस्को अध्यक्षमा कोहलपुरका सन्तोष शाह अध्यक्ष रहेका छन । उपाध्यक्षहरुमा रिना राना मगर र निम प्रसाद खनाल रहेको कराते महासंघका अन्य दाधिकारीहरु सचिवमा सुमित कुमार राना, कोषाध्यक्षमा पुजा रानाभाट, सह सचिवमा भक्त बहादुर राना, सह कोषाध्यक्षमा मोहम्द अकबर दर्जि रहेका छन ।

यसैगरि सदस्यहरुमा प्रेम बहादुर शाहि, धुर्ब चौधरी, कृति बहादुर शाहि, डिम्बर बहादुर बि.सि., वसिर अहमद बेहना, नरहरीनाथ योगी, बालिका खत्रि, निर्मला खनाल, लक्ष्मि रानाभाट र दिक्षा खडका चयन भएका छन ।

भेलामा प्रेमलाल चौधरी,कृष्ण बहादुर चौधरी र अर्जुन जंग शाह   गरि तीन जनालाई सल्लाहाकारमा चयन गरेको छ भने साहीे भेलाले नेपाल कराते महासंघ लुम्बिनी प्रदेशमा बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने गरि चार जनाको नाम सिफारीस गर्ने उल्लेख गरेको छ ।

प्रदेश प्रतिनिधिका रुपमा सिफारिमा पर्नेहरुमा रमेश कुमार डाँगि, रिता राना मगर , सुमित कुमार राना र कृति बहादुर शाहि रहेका छन ।
बाँके जिल्लामा गठित यस बाँके जिल्ला कराते महासंघले खेलाडीको मनोबल उच्च राख्दै सिंगो जिल्लाको नाम चिनाउन र खेल क्षेत्रलाई सक्रिय राखि खेलाडीहरुको खेलप्रतिको रुचिलाई निरन्तरता दिने जनाएको छ ।

नेपालगञ्जमा अढाई दर्जन खेलाडिहरुको भेलाले यस्तो महासंघको गठन लगाएत बिबिध बिषयमा निर्णय गरेको बाँके जिल्ला कराते महासंघका सल्लाहकार अर्जुन जंग शाहले कोहलपुर टाईम्सलाई जनाए ।

Nabintech