१२ श्रावण २०८१, शनिबार
लिजेन्डस् लिग क्रिकेटमा नेपालका पारस खड्का आबद्ध टोलीको लगातार दोस्रो जित

  • टाइम्स संवाददाता

  • ३० फाल्गुन २०७९, मंगलवार ०७:२३

काठमाण्डाै: लिजेन्डस् लिग क्रिकेट (एलएलसी) मा नेपालका पारस खड्का आबद्ध एसिया लायन्सले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा शुक्रवार इण्डियन महाराजलाई हराएको एसिया लायन्सले आफ्नो दोस्रो खेलमा वर्ल्ड जायन्ट्सलाई ३५ रनले हराएको छ ।

जितका लागि एक सय रनको लक्ष्य पाएको वर्ल्ड जायन्ट्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ६४ रन मात्रै बनायो । उसका क्रिस गेलले सर्वाधिक २३ रन तथा लेन्डल सिमन्सले १४ रन बनाए । दोहामा टस हारेर पहिला ब्याटिङ गरेको एसियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनाएको थियो ।

एसियाका मिस्बाह उल हक ४४ तथा तिलकरत्ने दिलशान ३२ रनमा अविजित रहे । मैदान भिजेका कारण गएरातिको खेल निर्धारित समयभन्दा झण्डै तीन घण्टापछि सुरु हुँदा १० ओभरमा झारिएको थियो । एसिया लायन्सले पहिलो खेलमा इन्डिया महाराजलाई ९ रनले हराएको थियो ।

त्यस्तै वर्ल्ड जायन्ट्सले महाराजलाई २ रनले हराएको थियो । पारसले पहिलो खेलमा भारतविरुद्ध २ बलमा ३ रन बनाएका थिए । लिगमा वर्ल्ड जायन्टस, इण्डियन महाराज तथा एसियन लायन्स सहभागी छन् ।

Nabintech