५ जेष्ठ २०८१, शनिबार
वेस्टर्न इंलिस सेकेन्डरी स्कुलमा प्रि प्राइमरिको बिबिध प्रर्दशनि ( भिडियो सहित)

प्रर्दशनिमा नर्सरीदेखि युकेजि सम्मका करिब १३५ बालबालिकाहरुले सहभागिता जनाएका थिए


  • टाइम्स संवाददाता

  • १० चैत्र २०७९, शुक्रबार १३:१०

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको वेस्टर्न इंलिस सेकेन्डरी स्कुलले शुक्रवार बिद्यालयमा रचनात्मक एबं सिर्जनात्मक बिज्ञान तथा हस्तकला लगाएत बिबिध प्रर्दशनिको आयोजना गरेको छ। बिद्यालयमा अध्यनरत नर्सरी देखि युकेजि कक्षा सम्मका साना साना वालवालिकाहरुले आफ्नै हातले  मेहनत गरेर हस्तकलाबाट बनेका विभिन्न सामग्रीहरु बनाएका थिए । बिद्यार्थीहरुको अभिबृद्धि गर्नको लागि उनीहरुको रुचि र चाहना अनुसार विभिन्न हस्तकला र बिज्ञानका सामग्रीहरु बनाउन लगाई प्रदशनिमा राखीएको बिद्यालय परिवारले जनाएको छ।

कोहलपुर नगरपालिका वडा ५ मा रहेको यो स्कुलले शैक्षिक गतिविधिमा मात्र नभैइ विभिन्न खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट स्कुलको रुपमा चिनिन्छ। बिद्यार्थीका अभिभावकहरुले समेत उत्साहित हुँदै मेला अवलोकन गरेका थिए ।आफना बालबालिकाहरुले बनाएका रचनात्मक एबं सिर्जनात्मक बिज्ञान तथा हस्तकला देखेर अभिभावकहरुमा समेत उत्सुकता र गर्वको अनुभुत भएको बताएका छन ।

नर्सरीदेखि युकेजि सम्मका करिब १३५ बालबालिकाहरुले सहभागिता जनाएको प्रर्दशनिमा परियोजना पर्दशनि, रचनात्मक तथा सिर्जनात्मक प्रर्दशनिमा अभिभावकको समेत उल्लेख्य सहभागिता रहेको बिद्यालयकि शिक्षिका गोमा श्रेष्ठले कोहलपुर टाईम्सलाई बताईन ।

भिडियो

Nabintech