२२ बैशाख २०८१, शनिबार
प्रथम कोहलपुर गोल्ड कपको उपाधि क्याम्रुन क्लवलाई (भिडियो सहित)

बिजेता कयाम्रुन क्लबलाई नगद सात लाख ट्रफि मेडल तथा प्रमाण पत्र बितरण


  • टाइम्स संवाददाता

  • ११ चैत्र २०७९, शनिबार २०:५४

कोहलपुर,बाँके: गत शनिबारदेखि कोहलपुरको १३ बिगाहामा जारि प्रथम कोहलपुर गोल्ड कपको फाईनल खेल अफ्रिकन राष्ट्र क्यामरुन क्लब र ब्वाईज युनियन काठमाण्डौ बिच आज सम्पन्न भएको छ । ”स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल” भन्ने मुल नाराका साथ आयोजित प्रथम कोहलपुर गोल्ड कप चैत्र ४ गते देखि शुरु भएको थियो। हजारौ दर्शक माझ शुरु भएको आजको खेलमा दक्षिण अफ्रिकि टिम क्याम्रुन क्लवले ब्वाईज युनियन क्लब काठमाण्डौलाई २ गोल गर्दै कोहलपुर गोल्ड कपको ट्रफि चुम्न सफल भएको छ ।

पहिलो हापको खेलमा क्याम्रुनका जर्सि नं. ११ का रिर्चाड विलसनले खेलको ३४ औं मिनेटमा पहिलो गोल गरेका थिए भने दास्रो गोल जर्सि नं. ७ का मोसेसले खेलको ४३ औं मिनेटमा थप गोल गर्दै आफनो टिमलाई बिजेता बनाए ।

आजको म्यान अफ द म्याच पनि क्याम्रुनका मोसेस हुन सफल भएका छन । प्लेर अफ द टुनामेन्टमा कोहलपुर रेसिङ्ग क्लबका क्याप्टेन हरि कठाएतलाई घोषणा गरिएको छ । प्लेर अफ द टुनामेन्ट बिजेता कठाएतलाई आयोजकले माउन्टेन बाईक सहित सम्मान गरेको छ ।

गोल्ड कपको सेकेण्ड रनर अप ब्वाईज युनियन क्लब काठमाण्डौलाई रु तिन लाख पचास हजार नगद सहित मेडल तथा प्रमाण पत्रले सम्मान गरिएको छ भने बिजेता कयाम्रुन क्लबलाई नगद सात लाख ट्रफि मेडल तथा प्रमाण पत्र बितरण गरिएको छ । समापनका अबसरमा नगर प्रमुख पुर्ण प्रसाद आचार्य लगाएत अतिथीहरुले पुरस्कार बितरण गरेका थिए ।

भिडियो 

Nabintech