१२ श्रावण २०८१, शनिबार
सरकारको अबैज्ञानिक नितिका कारण यातायात ब्यबसायी दोस्रो दर्जाको नागरिक सरह: खनाल

सामाजिक उत्तरदयित्व अन्तरगत प्रालिले ५९ जनालाई निशुल्क रुपमा अस्पताल सम्म परयाएर जिवनदान दिन सफल


  • प्रमोद रिजाल

  • ११ चैत्र २०७९, शनिबार २१:५३

कोहलपुर,बााके:नेपाल सरकारले अबिलम्बन गरेको अबैज्ञानिक सरकारी नितिका कारण यातायात ब्यबसायीहरु नेपालमै रहेर दोस्रो दर्जाको नागरिकको हैसियतमा रहनुपरेको राष्ट्रिय सार्वजनिक यातायात महासंघका अध्यक्ष डोलनाथ खनालले बताएका छन ।

आज शनिबार कोहलपुरमा आयोजित मध्यपश्चिम जनसेवा यातायात प्रालि पांचौ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले यस्तो बताएका हुन । उनले यातायात क्षेत्रलाई ब्यबस्थित र सुरक्षित राख्न चुनौती रहेकै बेला सरकारका बिभिन्न अपुरा नितिका कारण ब्यबसायीहरु प्रताडित रहने वातावरण सिर्जना भएको बताए ।

यातायात ब्यवसायिहरु एक हुनुको बिकल्प नरहेको चर्चा गर्दै अध्यक्ष खनालले यातायात क्षेत्रमा बिचौलियाहरुको हावि हुदै गएको अस्पष्ट नितिका कारण ब्यबसायीहरु पलाएन समेत भएको बताए । घटना दुर्घटना हुदा समेत यातायात ब्यबसायीहरु सरकारी कामकाज र नियमकै कारण थप आर्थिक भारमा पर्ने गरेको स्मरण गर्दै टिकट काउन्टर देखि बिभिन्न खर्च बुझाउदा सम्म ब्यबसायीहरुको हातमा लागत शुन्यको वाताबरणले ब्यबसायीहरुलाई सनकै चिन्तित तुल्याएको जिकिर गरे ।

राजनैतिक ब्यक्तिहरु सडकमा हुदा ठुला ठुला भाषण गर्ने तर निति निर्माणका तहमा पुगेपछि सिह बन्ने प्रबृतिकै कारण यातायात क्षेत्रलाई नेपाल सुहाउदो बनाउन नसकिएको र बिभिन्न बहानामा ब्यबसायीहबाट हुने असुलीले ब्यबसाय नै धोस्त भएको बताए ।

मध्यपश्चिम जनसेवा यातायात प्रालिको पांचौ बार्षिक साधारण सभामा बोल्दै प्रालिका अध्यक्ष विश्वराज खनालले यो प्रालि साना अटो , इ रिक्सा देखि ठुला गाडिहरुको साझा संस्था भएको बताउदै हाल बााके बर्दियामा अटो ईरिक्सा सञ्चालनमा ल्याइएको र काठमाण्डौ सम्म बसबाट सेवा दिईरहेका जनाए ।

छिटै नेपाल देखि दिल्लि सम्म आफनो सेवा बिस्तार हुने बताएका खनालले सामाजिक उत्तर दायित्व अन्तरगत आफनो प्रालिले बााके बर्दियाका ५९ जना सर्पदंशका बिरामीहरुलाई निशुल्क अस्पतालसम्म पुरयाई जिवनदान दिन समेत सफल भएको बताए । अस्पताल सम्म पुरयाएको करीब एक लाख बढिको खर्च जनसेवा यातायात प्रालिले ब्यहोरेको स्मरण गर्दै खनालले टिप शुल्क काटेको रकमको ३० प्रतिशत तीन बर्ष सम्म कुनै दर्घटनामा नपरेका ब्यबसायीहरुलाई नै फिर्ता गर्ने गरेका जनाए ।

मध्यपश्चिम जनसेवा यातायात प्रालिका बरिष्ठ उपाध्यक्ष गिरिधारी शर्माको स्वागत मन्तब्यबाट प्रारम्भ पाँचौ साधारण सभामा राष्ट्रिय सार्वजनिक यातायात महासंघका सह अध्यक्ष किरण रिजाल, महासचिव अनन्त जोशि, कोहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुबेदी, नेकपा माओबादि कोहलपुर नगर कमिटि अध्यक्ष अबराज खडका, राप्रपाका नगर संयोजक रुद्रमणि न्यौपाने,कौशिल्या अस्पताल प्रालिका प्रबन्ध सञ्चालक राम प्रसाद न्यौपाने, राष्ट्रिय सार्वजनिक यातायात महासंघका केन्द्रिय सदस्य टंक बस्याल, यातायात ब्यबसायीको नेताहरु निरज चलाउने, जुनु थापा,धन बहादुर पुन,मन प्रसाद आचार्य, ईलाका प्रहरी कार्यालयका प्रमुख सुन्दर तिवारी, ट्राफिक प्रहरीका बरिष्ठ सई नरेन्द्र बहादुर सिंह लगाएत बक्ताहरुले यातायात ब्यबसायीहरु प्रतिको आफनो धारणाका साथ साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरेका थिए । बिभिन्न १२ जना ब्यबसायीहलाई समेत सम्मानित गरिएको उक्त साधारण सभाको सञ्चालन प्रालिका महासचिव दिपेन्द्र श्रेष्ठले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खनाल

Nabintech