१२ बैशाख २०८१, बुधबार
पक्कि पुलबाट नाला तर्ने किसानको सपना पुरा गर्दै वन मन्त्रि चौधरी

यो पुल बने संगै बाँकेको खजुराबाट पेडारी हुदै बैजनाथ चिसापानी रुट निकै छोटो हुने


  • प्रमोद रिजाल

  • १६ चैत्र २०७९, बिहीबार १९:०५

कोहलपुर,बाँके:लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रि दुर्गा प्रसाद थारुले कोहलपुर १५ चन्नहवा स्थित पेडारी नालामाथि बन्ने पक्कि पुलको स्थलगत अनुगमण गर्नुभएको छ । डिटेल फिजिविलिटि रिर्पोट डिपिआर भई सकेको उक्त स्थानमा पुल बन्नेबारे स्थानियले आशंका गरेपछि मन्त्रि सहितको टोलि आज बिहिबार उक्त स्थानमा गएर पुल बन्ने सुनिश्चित भएको बताउनु भयो ।

उहाले हरेक किसानले बर्षाको बेला खेतीपाति गर्न र घर आउन जान बर्षौदेखिको सकस अब नहुने भन्दै उक्त पेडारी नालाको पुल परियोजनाको टेण्डर स्विकृत भएर कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । पुल नहुदा बहुसंख्यक किसानले दुख भोग्नुपरेको तितो ईतिहास हामी माझ रहेको छ अब किसानहरुले गोरु गाडा सहित वारपार गर्न सक्नेछन भन्दै कच्चि पुलले किसानहरुले पाएको दुख भुलाउने गरि किसानहरुको पक्कि पुल तर्ने सपना साकार हुने बताउनु भयो ।

कोहलपुर १५ चन्नहवा स्थित पेडारी नालामाथि यस अघि पनि डिपिआर भई माटो समेत परिक्षण गरिएको थियो । माटो परिक्षण गर्दा ५० फुट सम्म दलदल रहेको प्रतिबेदन आएको र विनियोजित बजेट भन्दा बढि खर्च छेउछाउको सडक बनाउनमै खर्च हुने देखिएपछि परियोजना स्थगन गरिएको थियो । यो पुल बने संगै बाँकेको खजुराबाट पेडारी हुदै बैजनाथ चिसापानी रुट निकै छोटो हुने र अधिकांस मानिसहरुले प्रयोगमा ल्याउने विश्वास समेत गरिएको छ ।

तत्कालिन कोहलपुर नगर प्रमुख लुट बहादुर रावत, वडाको पहल एबं जनश्रमदानबाट तटबन्धन निर्माण एबं बाटो ग्राभेल भए पश्चात गरिएको डिपिआर बमोजिम परियोजना स्विकृत भई टेण्डर समेत स्विकृत भएको सडक पुर्वाधार विकास कार्यालय नेपालगञ्जका टेक्निकल अफिसर ओम प्रकास पौडेलले कोहलपुर टाईम्सलाई बताउनुभयो ।

उहाका अनुसार यस परियोजनाको ठेक्का ईलिट कन्र्टक्सन सुकेधारा काठमाण्डौले पाएको छ भने यस्ता परियोजनाहरु देश भरमा आठ वटा रहेकोमा बाँके जिल्लामा २ वटा रहेका छन । यसै परियोजना अन्तरगत माननिय वन तथा वातावरण मन्त्रि चौधरी, सडक पुर्वाधार विकास कार्यालय नेपालगञ्जका सिनियर डिभिजन ईन्जिनियर ललित बहादुर न्यौपाने लगाएतको टोलिले वनकटुवाको दागंपुरुवामा रहेको पक्कि पुल परियोजना स्थलको समेत अनुगमण तथा अबलोकण गर्नु भएको छ भने आजै मन्त्रि चौधरीले कोहलपुर २ बर्दहवामा स्थानिय बासिहरुसंग समेत भेटघाट गर्नु भएको थियो ।

 

Nabintech