१२ श्रावण २०८१, शनिबार
ए डिभिजन लिग : आजदेखि छैटौँ चरणका खेल

  • टाइम्स संवाददाता

  • २० चैत्र २०७९, सोमबार ०७:५४

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग आजदेखि पुनः सञ्चालन हुँदै छ।  दुई साताको विश्रामपछि आजदेखि खेल सुरु हुन लागेको हो। यसबीचमा मोफसलमा पाँच वटा नकआउट प्रतियोगिता भए भने राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री थ्री नेसन्स कप खेल्यो।

छैटौँ चरण अन्तर्गत आज दुई खेल हुँदैछन्। दिउँसो २ बजे ललितपुरको च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ। यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजे संकटा क्लब र एफसी खुमलटारले खेल्ने छन्।

लिगको पाँचौ चरण सकिँदासम्म गत सिजन मात्रै शीर्ष डिभिजनमा डेब्यु गरेको सातदोबाटो १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। ८ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी ११ अंकसहित अपराजित रहँदै दोस्रो स्थानमा छ।

साबिक विजेता मछिन्द्र रेलिगेसन जोनभन्दा मात्र एक स्थान माथि छ।सातदोबाटो, मनाङ, चर्च ब्वाइज, जावालाखेल तथा त्रिभुवन आर्मी उपाधि दौडमा रहँदा एनआरटी र नेपाल पुलिस रेलिगेसन जोनमा छन्।

सातदोबाटो लिगमा अग्रता कायमै राख्ने प्रयासमा रहँदा पुलिस बाँकी खेलमा लय समाउने अवसरको खोजीमा हुनेछ। एन्फाले लिगको १३ औं चरणसम्मको तालिका सार्वजनिक गरेको छ।

पेरिस ओलम्पिक छनोटअन्तर्गत महिला फुटबलको खेल हुने दिन चैत २२ र २५ गते भने लिगका खेल हुने छैनन्। त्यसपछि नयाँ वर्षको दिन बाहेक लिगमा विश्राम छैन।

 

Nabintech