२ श्रावण २०८१, बुधबार
चेन्नाई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हरायो

  • टाइम्स संवाददाता

  • २६ चैत्र २०७९, आईतवार ०६:३३

काठमाडौं  ः इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्सले दोस्रो जित निकालेको छ।  चेन्नाईले मुम्बई इन्डियन्सविरुद्ध सात विकेटको सहज जित निकाल्यो। वान्खडे रंगशालामा  घरेलु टिम मुम्बईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य चेन्नाईले १८ दशमलव १ ओभरमा तीन विकेट गुमाएर भेट्टायो। त्यसअघि टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनाएको थियो।

चेन्नाईको जितमा अजिन्क्य रहानेले ६१ रन बनाए। रितुराज गाइकवाडले नटआउट ४० रन बनाउँदा, सिवम दुबेले २८ र अम्बती रायडुले २० रन बनाए। मुम्बईका कुमार कार्तिकेय, पीयूष चावला र जासन बेह्रेन्डोफले एक एक विकेट लिए। टस हारेर व्याटिङ गरको मुम्बईका इसान किसनले ३२ रन बनाएका थिए। टिम डेविडले ३१, तिलक वर्माले २२ कप्तान रोहित शर्माले २१, रितिक सोकिनले १८ र क्यामरुन ग्रीनले १२ रन जोडे।

चेन्नाईका रविन्द्र जडेजाले तीन विकेट लिए। मिचेल स्यान्टनर र तुसार देशपान्डेले समान दुई विकेट लिदा सिसान्डा मगलाले एक विकेट लिए। जितसँगै तीन खेलबाट चार अंक जोडेको चेन्नाई तालिकाको चौथो स्थानमा उक्लिएको छ। अंकविहीन मुम्बई तालिकाको आठौँ स्थानमा छ ।

 

Nabintech