१२ बैशाख २०८१, बुधबार
पूर्वराजा ज्ञानेन्द्र शाहले आज जुम्लामा सम्बोधन गर्ने

  • टाइम्स संवाददाता

  • १७ बैशाख २०८०, आईतवार ११:३०

सुर्खेत:  पूर्व राजा ज्ञानेन्द्र शाहले आज जुम्लामा हुने अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । त्यसका लागि उनी नेपालगन्जबाट जहाजमा जुम्ला जाने कार्यक्रम रहेको बताइएको छ । उनी अहिले नेपालगन्जमै रहेका छन् । उनीसँगै पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुने बताइएको छ ।

प्रारम्भिक जानकारीअनुसार पूर्व राजा शाहले करिब १ घण्टा जति चन्दनाथ र भैरवनाथको पूजाआजा गर्ने कार्यक्रम रहेको छ भने त्यस लगत्तै १ घण्टा नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुने छन् ।
अभिनन्दन कार्यक्रमलाई सम्बोधनपछि शाह आज नै जुम्लाबाट नेपालगन्ज फर्कने कार्यक्रम रहेको छ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पूर्व राजा जुम्लामा साढे २ घण्टा जति रहने बताए । ‘कार्यक्रमको तयारी भव्य रूपमा भएको छ, नागरिकहरूको उपस्थिति हुने क्रम जारी छ भने केही समयपछि पूर्व राजा जहाजबाट आउनुहुन्छ,’ उनले भने ।
Nabintech