७ जेष्ठ २०८१, सोमबार
पानीले नेपाल र युएईबीचको खेल फेरि रोकियो (अपडेट)

एकदिवसीय वरीयतामा नेपाल १४औँ र यूएई १९औँ स्थानमा


  • टाइम्स संवाददाता

  • १८ बैशाख २०८०, सोमबार १०:५७

काठमाडौँ : एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल पानीले पुनः रोकिएको छ ।  नेपाल र युएईबीच भइरहेको खेलमा सोमबार बिहान दोस्रोपटक पानी परेपछि रोकिएको हो ।

आज बिहान १० बजेर २५ मिनेटमा त्रिवि क्रिकेट मैदानमा पानी परेपछि केहीबेर खेल रोकिएको थियो । पानी पर्न रोकिएपछि खेल पुनः सुरु भएको थियो । ११ बजेर ४८ मा फेरि पानी परेपछि खेल रोकिएको छ । नेपालले टस जितेर बलिङ गरिरहेको छ । युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार सोमबार र मंगलबार नै हावाहुरीसहित वर्षा हुने सम्भावना ८० प्रतिशतभन्दा बढी हुने मौसम पूर्वानुमान छ ।

Nabintech