८ बैशाख २०८१, शनिबार
चिसापानीमा जारी तेक्वान्दो प्रतियोगितामा कृष्ण मा.बि. ५ स्वर्ण सहित प्रथम

केन्द्रीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने दिपशिखा रानाभाटलाई कदर पत्र सहित सम्मान


  • टाइम्स संवाददाता

  • ३० बैशाख २०८०, शनिबार २०:०५

कोहलपुर,बाँके: २९ गतेदेखि बाँकेको चिसापानीमा नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती बाँकेद्धारा आयोजित चौथो जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता बाँकी रहेका ७९ खेल सहित प्रतियोगिता आज शनिबार सम्पन्न भएको छ । बाँके जिल्लाका २३ वटा टिमका १४५ खेलहरु आयोजना गरिएको प्रतियोगितामा ५ स्वर्ण सहित कृष्ण मा.बि. प्रथम नोबेल एकेडेमी दोस्रो र २ स्वर्ण २ रजत सहित तेक्वान्दो डोजाङ्ग कोहलपुर तृतीय भएका छन ।

पुरुषतर्फ उत्कृष्ट खेलाडि ५४ केजि तौल समुहका तक्षशिला डोजाङ्गका प्रकाश बुढाले मेडल जितेका छन भने महिलातर्फ नोबेल एकेडेमीेकी पार्वती बुढा उत्कृष्ट खेलाडीको ताज पहिरीन सफल भएकी छिन ।

राखेप बोर्ड सदस्य श्रीमान थापाको प्रमुख आतिथ्यतामा आयोजित समापन समारोहमा टिम प्रथम ,दोस्रो र तेस्रोलाई प्रमुख अतिथीले ट्रफी बितरण गरेका थिए भने लुम्बिनी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष महेस थापा ,प्रदेस सदस्य मोहन ओलि,श्याम भट्टराई ,चन्द्रबहादुर श्रेष्ठ ,बल बहादुर ओलि, सिद्ध बहादुर चन्द,नरेस बम,महेस खतिवडा लगायतका अतिथीहरुले सफल सहभागिहरुलाई प्रमाणपत्र तथा मेडल बितरण गरेका थिए ।

चिसापानी तेक्वान्दो डोजाङ्ग प्रमुख सिद्ध बहादुर चन्दले खेलको विकासका लागि बयबस्थापनको जिम्मेवारीमा आफु रहेको भन्दै आगामी दिनहरु मा पनि यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन हुनेगरि प्रतियोगिताको आयोजना हुनुपर्नेमा जोड दिए । नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती बाँकेका अध्यक्ष प्रकाश लामिछाने सभापतित्वमा आयोजित समापन कार्यक्रमकोसञ्चालन जुङ्ग वीर चौधरीले गरेका थिए ।

यसैबिच समापन समारोहमा केन्द्रीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने दिपशिखा रानाभाटलाई कदर पत्र सहित सम्मान समेत गरिएको थियो ।

 

Nabintech