१३ बैशाख २०८१, बिहीबार
अनेरास्ववियु बाँकेले स्ववियु पदाधिकारीहरुलाई दियो प्रशिक्षण

  • टाइम्स संवाददाता

  • १३ जेष्ठ २०८०, शनिबार १४:४२

नेपालगञ्ज:अनेरास्ववियु जिल्ला कमिटी बाँकेले स्वबियुमा निर्वाचित पदाधिकारीहरु तथा सदस्यहरुलाई एक कार्यक्रमका बिच प्रशिक्षण सहित सम्मान गरेको छ । नेकपा एमालेको पार्टि कार्यालय बाँकेमा आयोजित उक्त प्रशिक्षण तथा सम्मान कार्यक्रम अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष नारायण घर्तीको प्रमुख आतिथ्यता तथा नेकपा एमाले बाँके जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतिको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

अनेरास्ववियु बाँके जिल्ला अध्यक्ष दिनेश के.सिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य सुमन घिमिरे बिद्यार्थी नेताहरु बिमल मल्ल ,मोहित शाह, टोपराज जैसी लगायतको उपस्तिथि रहेको थियो । स्ववियुका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमालेका केन्द्रिय अनुशासन आयोगका सदस्य देवराज भार, जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति, अनेरास्पवियुका केन्द्रिय उपाध्यक्ष नारायण घर्तिले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेकपा एमाले लुमिबनी प्रदेश सदस्य खिल प्रसाद भुसाल, जिल्ला पार्टि सदस्य किशोर थापा, एमाले खजुरा गाउपालिका अध्यक्ष गेहेन्द्र धिताल लगाएतका पार्टि नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको अनेरास्ववियु जिल्ला उपाध्यक्ष बिकल भट्टराईले जनाएका छन ।

Nabintech