४ बैशाख २०८१, मंगलवार
कोहलपुर खानेपानीको बेतिथी सार्वजनिक नगर्दै चुनावि प्रक्रिया (निर्वाचन तालिका सहित)

खानेपानी संस्थामा अनियमितताका थुप्रै प्रमाणहरु फेला


  • प्रमोद रिजाल

  • २० जेष्ठ २०८०, शनिबार १४:४०

कोहलपुर,बाँके: कोहलपुर नगरपालिकामा रहेको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जेष्ठ २ गते तोकिएको आठौं बार्षिक साधारण सभा तथा अबिधेसनमा कोषाध्यक्षको प्रतिबेदनमाथी आम उपभोक्ता तथा प्रतिनिधिहरुले प्रश्न उठाएपछि गठित छानबिन समितीले तयार पारेको प्रतिबेदन सार्वजनिक नगरि चुनावि प्रक्रियामा गएको प्रति बेटर बाँकेले आपत्ति जनाएको छ ।

कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन सम्पन्न गराउन तोकिएका निर्बाचन अधिकृत राम बहादुर हमाललाई बेटर बाँकेले उनकै कार्यकक्षमा पुगेर आम नागरिकको चासोको बिषय रहेको जनाउदै राजनैतिक दलको दवाफमा छानबिन समितीको प्रतिबेदन सार्बजनिक नगरि निर्वाचन प्रक्रिया अगाडि बढाईको प्रति आफुहरुको गम्भिर आपत्ति रहेको जनाएको छ ।

बेटर बाँकेले प्रतिबेदन कुनै न कुनै रुपले सार्वजनिक गरेर मात्र चुनावि प्रक्रियामा जान समेत निर्वाचन निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएको छ । यता कोहलपुर नगर शिक्षा प्रमुख समेत रहेका निर्बाचन अधिकृत राम बहादर राम बहादुर हमालले आफुलाई निर्वाचन सम्पन्न गर्न मात्र जिम्मा दिएको भन्दै प्रतिबेदन सार्वजनिक गर्ने निकाय आफु नभएको जिकिर गरेका छन । उन्ले बेटर बाँकेले उठाएको मुद्धा आफुले सम्बन्धित निकाय सम्म पुर्याउने भन्दै निर्वाचनका कार्यक्रम भने आजै सार्वजनिक गरि सकिएको जनाएका छन ।

निर्वाचन समितिद्वारा जारी गरीएको तालिका अनुसार आज २० गते मतदाता नामावलि प्रकाशन गर्ने बताईएको छ । त्यसैगरी २२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने र २५ गते चुनाव चिन्ह वितरण गर्ने तालिका रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झण्डै ८ वर्षपछि संस्थाको नेतृत्व चयनकालागि यस अघि जेठ २ गते भएको साधारणसभा तथा अधिवेशनले नेतृत्व छान्न सकेको थिएन । संस्थामा व्यापक अनियमितता भएको विषय पेचिलो बन्दै गएपछि जेठ २ को साधारणसभाले छानविन समिति समेत गठन गरेका थियो । साधारण सभामा पेश गरेको एकिकृत भन्ने आर्थिक प्रतिवेदन सभामा उपस्थित प्रतिनिधिहरुलाई शंकास्पद लागेपछि ५ सदस्यीय छानविन समिती गठन भएको हो । हर्क बड थापा संयोजक रहेको उक्त समितीमा तेज प्रसाद अधिकारी, शशेन्द्र शाहि, शिव पोख्रेल र अमर चन्द सदस्य रहेका थिए ।

सो समितीले सार्बजनिक गर्ने भनिएको प्रतिबेदन सार्वजनिक नभएपछि सो प्रतिबेदनमा के के बिक्रिती रहेका भन्ने प्रश्नमा एक समितीका सदस्यले आफनो नाम नबताउने शर्तमा कोहलपुर टाईम्सलाई कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा ब्यापक अनियमितता भएको बताएका छन । अनियमितता सार्वजनिक भएपछि दलगत रुपमा समेत आक्षेप आउने देखिएपछि नयाँ कार्य समितीलाई सो प्रतिबेदन बुझाउने गरि दलहरुको सहमतिमै  प्रतिबेदन लुकाईएको ति सदस्यको आरोप रहेको छ ।

यता नि बर्तमान अध्यक्ष नर बहादुर मल्लले आफु छानविन समितीको प्रतिबेदन सार्वजनिक हुनुपर्ने पक्षमा भएपनि दलहरुका कारण प्रतिबेदन सार्वजनिक नगरिएको जिकिर गर्दै आएका छन । छानबिन समितीका एक सदस्यका अनुसार सर्वदलिय बैठकले प्रतिवेदन सार्वजनिक गर्न रोकेको खुलासा गरेका छन । प्रमुख राजनितीक दलका प्रतिनिधिसहितको सर्वदलिय बैठकले संस्थाको नयाँ कार्यसमिति गठन पछि मात्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने निर्णय गरेकाले आफुहरुले प्रतिवेदन सार्वजनिक गर्न नसकेको उनले दावी गरे ।

छानविन समितिलाई प्रतिवेदन सार्वजनिक गर्ने म्याण्डेट नभएको दावी गर्दै उनले भने, “लाहछाप लगाएर सुरक्षित राखिएको छ, नयाँ समिति आएपछि सार्वजनिक हुन्छ ।” उनका अनुसार खानेपानी संस्थामा अनियमितताका थुप्रै प्रमाणहरु फेला परेका छन । जसमध्ये आफुखुसी भत्ता बाँड्ने गरेको, असान्दर्भीक बिल पेश गरेर भुक्तानी लिने गरेको, बिभिन्न शिर्षकमा लिएको लाखौं रकम फिर्ता नगरेको जस्ता गहल विषयमा समेत छानविन गरीएको स्रोतले कोहलपुर टाईम्सलाई बताएको छ । ।

स्रोतका अनुसार महिनामा एक पटक मिटिङ बस्ने संस्थागत निर्णय भएपनि आफुखुसी पटक पटक बैठक बसेर २९०० सम्म भक्ता बुझने गरेको तथ्य फेला परेको छ । संस्थागत रुपमा भत्तामा एकरुपता हुनुपर्ने भएपनि बैठकै पिच्छे फरक फरक १२००, १५००, २९००० सम्म लिएको बेतिथि फेला परेको हो । संस्थाको नियम अनुसार कर्मचारीहरुलाई मात्र दशैं भत्ता दिने ब्यवस्था रहेको छ ।

तर कार्यसमितिमै बसेका पदाधिकारीहरुले समेत दशैं भत्ता, पोशाक भत्ता लगाएतका भत्ताहरु आफुखुसि लिने गरेको तथ्य फेला परेको छानविन समितिका एक सदस्यले बताए । संस्थागत पारदर्शिताको कुरा गर्ने खानेपानीका पदाधिकारीहरुको आर्थिक पाटो समेत नकारात्मक देखिएपछि आम उपभोक्ताहरुले समेत उक्त प्रतिवेदन सार्वजनिक गर्न दवाव दिन थालेका छन । कतिसम्म भने संस्थाका पदाधिकारीहरुले बिभिन्न समयमा संस्थाबाट पछि तिर्ने गरी बिभिन्न शिर्षकमा ३० लाख भन्दा बढि रकम लिएको स्रोतको दाबी छ । जसमध्ये केही रकम छानविनकै क्रममा फिर्ता भएपनि अधिकाशं रकममा बेरुजु देखिएको छ ।

Nabintech