१२ बैशाख २०८१, बुधबार
कोहलपुर खानेपानीमा जालन्धरले समेत माथ खाने छलछाम

हामीले नगरे यी बृद्धहरुले हाम्रो सन्ततीका लागि केहि गर्ने छैनन केबल जालन्धर बनेर छलछाम गरिरहनेछन


  • प्रमोद रिजाल

  • २० जेष्ठ २०८०, शनिबार १८:०२

समाचार टिप्पणी

कोहलपुर:बाँकेको कोहलपुरमा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था आठौं साधारण सभा सम्म आई पुग्दा कलि युगका जालन्धर भन्दा पनि कडा छल गर्न सक्ने भ्रष्ट संस्थाको रुपमा चित्रित हुदै आएको घटनाक्रमहरुले पुष्टि गर्दै आएका छन । त्यसो त संस्था आफैमा नराम्रो र आफैमा भ्रष्ट हुदैन तर त्यहा रहेका पात्र र प्रबृत्तीले यस संस्थाले आम उपभोक्तामाझ आफुलाई भ्रष्टहरुको अखडाको रुपमा उभ्याईरहेको छ र गिज्जयाई रहेको छ उपभोक्ताहरुलाई । यी र यस्ता समाचार लगातार मिडियामा आउदा पनि खानेपानीको नेतृत्व भने तै चुप मै चुपको अबस्थामा किन पुग्यो होला त  !

धेरै टाढा जान मलाई मन भएन, बैशाखमा पत्रकार सम्मेलन गरेर हामीले कुनै अनियमितता नगरेको जनाएको यस संस्थाको कार्य समितीले अहिले छानबिनका क्रममा तमाम बेथितीहरुको चाङहरुले थिचिएको पाईएको छ र पनि छानबिन समितीको प्रतिबेदन राजनैतिक दलहरुको आडमा शिल गरि प्रकाशित नगरि राखिएको छ , यस प्रति सचेत नागरिकहरु आफुले पाउने सुचनाबाट सुसोचित हुनुपर्ने भन्दै स्टे अर्डर लिन समेत पछि नपर्ने बताउन थालेका छन ।

जेष्ठ २ गते साधारण सभा भब्य तामाझामका साथ शुरु भयो खुल्ला शत्रमा समेत पाहुनाहरुलाई उनीहरुको भनाई प्रति ब्यंग्य गर्दै लज्जित बनाउन लागि परेको यो ८ बर्षे कार्यसमितीका केहि ठेकेदारहरुकै रोहबरमा बन्द शत्र शुरु भयो । अध्यक्षको लघु कथा आंशिक पास भयो । सचिवले पेश गरेको सांगठानिक भन्दा पनि कथा जस्तो प्रतिबेदन समेत आंशिक पास भयो । यद्यपी यी पास भएका प्रतिबेदनमा प्रस्तुत गरिएका कार्य समितीको बिमा गर्ने प्रस्ताव, कम्प्युटर अपरेटर हटाउने प्रस्ताव र कालो मोसो लाएकै कारण सुरक्षागार्ड राख्ने प्रस्ताव भने साधारण सभाको बहुमतले अस्विकृत भएको तथ्यगत कुरा रहेको छ ।

संस्थाको बिधान भन्दा माथि सभाका प्रतिनिधि सदस्य हुन्छन यस ध्रुब सत्य कुरालाई टेकेर प्रतिबेदन लेखनका लागि टिपोट गर्ने एक समुह, लेखा हिसाव छानविन गर्ने एक समुह र निर्णय गरेका लिपिबद्ध कुराहरु प्रमाणित गर्ने एक समुह बनाईयो । यो सव जनताको आँखामा छारो हाल्न बनाएको भन्ने कुरा आज छानविन समितीको प्रतिबेदन सार्वजनिक नगरेर चुनावि प्रक्रियामा जाने प्रयासले पुष्टि गरेको ।

यो प्रतिबेदन आउदो कार्य समितीलाई दिने भनिएको छ र उसै समितीले सार्वजनिक गर्ने चर्चा खानेपानी बृत्तमा चल्दै गर्दा युवाहरुको समुहले भने यो मान्न तयार छैनन किनकि यस अघि गोपाल लम्सालको पालामा भएको छानबिनको प्रतिबेदन समेत गुपचुप पारीयो र सार्वजनिक गरिएन यद्यपी एक समुहले सार्वजनिक गरेको जिकिर गर्दै आएको छ । प्रतिबेदन सार्वजनिक भए आफना काला करतुत पर्दाफास हुने र दलहरु प्रति आम उपभोक्ताहरु बिरोधी हुने भएले दलहरु बाठो बनेर प्रतिबेदन सवर्बजनिक नगरेको पानी जस्तै छर्लग छैन र

यो अबधिमा आउदा समेत साधारण सभाबाट अनुमोदन नहुदै साधारण सभाको माईन्युट बन्द गरिएको भन्ने कुरा बाहिरिएको छ । टिपोट टिप्नेहरुले नै निर्ण गरि केहि समितीका मान्छे र केहि उनीहरुका आसेपासेहरुको रोहबरमा प्रमाणित गरि बन्द गरिएको भन्ने छ ।
यदि यो हो भने १३ जनाको साधारण सभाको माइन्युट क्लोज गर्ने समिती गठन किन गरिएको हो । एक थरिको बिधानमा यो ब्यबस्था नभएर भन्ने आयो अरे बाबा साधारण सभाले दिएको जिम्मेवारी बिधानले रोक्न सक्छ , जवकि साधारण सभाले त त्यो बिधान त परिवर्तन गर्न सक्छ भने यी खानेपानीमा रजाई गर्ने किर्नाहरुले किन मान्छेलाई बेबकुफ बनाउदैछन र किन जालन्धर भन्दा बढि जालझेल गरेर भस्मासुरको टिका लगाउन उद्धत छन लाज पनि लजायो भन्ने अबस्था छ ।

यदि हस्ताक्षर गर्ने समती बिधानत नभए छानबिन समिती कसरी बिधानत भयो? कतै नविकरण नगरेको संस्था कसरी बैधानिक भयो ?आफु अनुकुल ब्याख्या गर्ने जालन्धरहरुले वडा कमिटी गठन गर्दा पनि छलछाम नै गरे । कसैलाई वडा भेलाको सुचना नै नदिई दलिय भागबण्डाबाट नै प्रतिनिधि छनौट गरियो । आफुलाई भोट हाल्ने र आफुलाई सर्पोट गर्नेलाई मात्र प्रतिनिधि छनौट गरियो ।

खानेपानीमा बेथिती भयो हद नगर्न भन्दै सचेत गराउने राज्यका चौथो अंगलाई समेत मुद्धा मामिला गर्ने छलछाम समिती आफु अबैधानिक भएको कहिल्यै अनुभुत गर्न सकेन । जनताको आधारभुत खानेपानी एक बर्ष सम्म उपभोक्ताका घरहरुमा नजादा चिन्तित नहुने कार्य समिती तिज मनाउन ३० हजार निकासा गर्छ भ्रमण शिर्षकमा ३० औं लाख निकासा गर्न हात कमाउदैन ।

समितीका ब्यक्ति पिच्छे पेश्कि लिने र मिलान गर्ने परिपाटिले तैं चुप मै चुपको अबस्था आएपछि फेरी पनि खानेपानीमा भागबण्डाको नै राजनिती गर्ने मिलेमतो हुदैछ अब सचेत नभए कहिले सचेत हुने । यहाको ब्यतिथीको बारे फेरीहिस्त गर्दा यौटा पाण्डुलिपि नै बन्न सक्छ तसर्थ युवा जागौं उपभोक्ता जागौं आगोला फलाम तातेको बेला नै हो घण हान्ने अनि आकार लिनेछ फलामले , सहि नेतृत्व पाउनेछ खानेपानीले ।

देशमा यस्तै प्रबृत्तीले गर्दा युवाहरुमा नैराश्यता पैदा हुदै गर्छ र कतिपय ठाउमा जन्मिन्छन बालेन हर्क साम्पाङहरु के हामी बालेन बन्न सक्दैनौ के हामी हर्क साम्पाङ बन्ने ल्याकत राख्न नसक्ने हौं र हामी नै त्यो ठाउमा गएर भ्रष्टहरुको एक एक फाईल खोल्न छ । हामीले नगरे यी बृद्धहरुले हाम्रो सन्ततीका लागि केहि गर्ने छैनन केबल जालन्धर बनेर छलछाम गरिरहनेछन । नो नट अघेन

Nabintech