१४ बैशाख २०८१, शुक्रबार
कोहलपुर खानेपानीको ताला खुल्यो

राजनैतिक दलहरुले गरेको प्रतिबद्धता बमोजिम प्रतिबेदन सार्वजनिक नगरे पुन आन्दोलनमा उत्रने बेटर बाँकेको चेतावनी


  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०८०, मंगलवार १३:०४

कोहलपुर, बाँके:बेटर बाँके तथा उपभोक्ताहरुले आठौं साधारण सभा तथा अधिबेसनमा पेश गरिएको कोषाध्यक्षको प्रतिबेदनमाथी उपभोक्तहरुले आसंका देखाएपछि छानविन समिती गठन भई प्रतिबेदन समेत तयार भएको अबस्थामा दलहरुले तत्काल सार्वजनिक नगर्न मनशाय देखाएपछि उपभोक्ता तथा बेटर बाँकेले प्रतिबेदन सार्वजनि दवाफ स्वरुप तीन दिन देखी खानेपानी कार्यालयको मुल भवनमा ताला लगाईएकोमा कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा छानविन समितीको प्रतिबेदन सार्वजनिक गर्न राजनैतिक दलहरुका प्रतिनिधीहरुले मौखिक प्रतिबद्धता जनाएपछि ताला खोलिएको बेटर  बाँकेका अध्यक्ष ऋषि थापाले कोहलपुर टाईम्सलाई बताएका छन ।


एक प्रेस बिज्ञप्ति जारी गर्दै ताला खोलिएको भन्दै बेटर बाँके आम जनसमुदायको हरेक दुःखमा साथसहयोग गर्दै नागरिकका जायज मुद्दाहरूलाई सम्बन्धित निकाय सम्म पुर्याउन र समस्याको समाधानका लागि पहल गर्ने संस्थाको रूपमा समाजमा चिर परिचित रहेको भन्दै बेटर बाँकेले बिज्ञप्ति मार्फत आफनो धारणा सार्वजनि गरेको छ ।

बिज्ञप्तिका अनुसार यसै सन्दर्भमा कोहलपुर नगर स्थित कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा विगत ८ बर्ष देखि निर्वाचन नगरी व्यापक अराजकतालाई प्रसय दिदँै आएको र हालसालै भएको साधारण सभामा यस विषयमा प्रश्न उठ्दा आर्थिक हिना मिनाको अनुसन्धान गर्ने हेतुले छानबिन समिति गठन गरिएको जानकारी पायौँ भन्ने ब्यहोरा उल्लेख गरिएको छ ।

बेटर बाँके समक्ष व्यापक संख्यामा आम उपभोक्ताहरुले आफुले महिनै पिच्छेको बिल तिर्ने गरेको तर पानी पिउन नपाएको, धारा जोडिएको तर पानी नआएको, पानी नदिने तर जरिवाना तिराउने लगायत अनेकन गुनासा राख्दै गरेकामा केही दिन अघि त्यसरी छानबिन समिति गठन गरे पनि प्रतिवेदन सार्बजनिक गर्ने म्यान्डेट छैन भन्दै बहाना खोजिएको भन्ने कुरामा ध्यानकर्षण भएको जनाउँछौ भन्दै उक्त बिज्ञप्तिमा यसरी चरम बेथितिको उजागर गर्न बनेको समितिलाई नै निस्तेज गर्न खोजिएको बुझेर बेटर बाँकेको संयोजकत्वमा आम जनमानसले विरोध गर्दै तालाबन्दी समेत गरेको सर्वविदितै छ भन्ने समेत उल्लेख गरीएको छ ।

पटक पटक विभिन्न चरणमा यस क्षेत्रका बुद्धिजीवी, सामाजिक अभियन्ता, नागरिक समाजका प्रतिनिधि, उपभोक्ताका प्रतिनिधि, सरोकारवाला निकाय, स्थानिय पालिका, राजनीतिक दलका प्रतिनिधि तथा कानुन विदहरू सँगको छलफल पश्चात पाँच सदस्यीय छानबिन समितिबाट गरिएको छानबिनको प्रतिवेदन सार्वजनिक गरिने सर्वपक्षीय सहमति भएको हुँदा हामीले राखेको एक सूत्रीय मागको सम्बोधन भएँसँगै ताला बन्दी खोलिएको जानकारी गराउँदछौ भन्दै बेटर बााकेले अगाडि लेख्छ कथम कदाचित ताला बन्दि खुला गर्दा पनि प्रतिबेदन सार्वजनिक नभएमा फेरी पनि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न हामी बाध्य हुनेनैछौँ साधरण सभाले माईन्युट प्रमाणिकरण गर्न बनाएको १३ सदस्य समितीलाई हस्ताक्षर गर्न दिई साधारण सभाको म्यान्डेट समेत पुरा गराउन अपिल गर्दछाँै ।

यो प्रतिवेदन सार्बजनिक भए सँगै निर्वाचनको काम कारवाही प्रतिबेदन सार्वजनिक भए लगतै त्यसै अनुरूप अघि बढ्नेछ तथा सक्षम र नैतिकवान उम्मेदवारहरूको विजय सँगै अनियमितताका दोषीहरू उपर कारबाहीको लागि नयाँ कार्यसमितिले पहल कदमी लिनेछ भन्ने विश्वास व्यक्त गर्दछौं । खानेपानी सबैले सहज रूपमा सदैव उपयोग गर्ने वातावरण तयार होस् भन्ने कामनाका साथै हाम्रो तर्फ बाट निगरानी र खबरदारी रही रहनेछ भन्दै बेटर बााकेले चेतावनि समेत दिएको छ ।

भ्रष्टचार विरुद्घ अभियानमा साथ र समर्थन गर्नुहुने सम्पुर्ण उपोभक्ता, सञ्चारकर्मी र विकास प्रेमि जनसमुदायहरूमा बेटर बाँकेले हार्दिक कृतज्ञता व्यक्त गर्दछ बिज्ञप्तिमा भनिएको छ ।

Nabintech