६ जेष्ठ २०८१, आईतवार
शिक्षाका लागि आकर्षक गन्तब्य बन्दै गोर्खा (फोटो फिचर)

बिद्यालयमा पञ्चबर्षिक गुरुयोजना बनाई कार्यान्वयण गर्ने


  • प्रमोद रिजाल

  • २७ जेष्ठ २०८०, शनिबार १३:४७

कोहलपुर, बाँके: बाँकेको कोहलपुरमा रहेको गोर्खा युनाईटेड पब्लिक स्कुल यस क्षेत्रमै शिक्षाका लागि आर्कषक गन्तब्य बन्दै गएको छ । बिज्ञान बिषयमा दश जोड दुई र कृषि बिज्ञानमा स्नातक तहमा अध्यापन गराउदै आएको यस बिद्यालयले आफनो २२ औं स्थापना दिवस मनाउदै गर्दा सहभागिहरुले गोर्खा नै यस क्षेत्रको आर्कषक शैक्षिक गन्तब्य भएको औंल्याएका हुन । १ हजार आठ सय बढि छात्रछात्राले अध्यन गर्ने यस शैक्षिक संस्थामा दश जोड दुई सम्मका १५१ जना बिभिन्न क्षेत्रका बिद्यार्थीहरुले छात्रबृत्तीमा समेत अध्यन गरिरहेका छन भने बिद्यालयले रकमका हिसावले मासिक ४ लाख बयालिस हजार भन्दा बढिले कन्ट्रिब्युट गरिरहेको पाईएको छ ।

बिद्यालयको २२ औं बार्षिक उत्सव समारोहमा कोहलपुर नगर उप प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी संगिता सुबेदीले कोहलपुर क्षेत्रमा संस्थागत बिद्यालयहरुमा उत्कृष्ट नतिजा ल्याउने बिद्यालय नै गोर्खा भएको चर्चा गर्दै अतिरिक्त क्रियाकलाप समेत गराउदै बिद्यालयले आफुलाई अब्बल सावित गरिरहेको बताईन ।

बिद्यालयमा राम्रो तथा उत्कृष्ट कार्य गर्ने शिक्षक कर्मचारीहरुलाई पुरष्किृत गर्ने परिपाटि बिद्यालयको सुन्दर पाटो भएको यहा अध्यनरत बिद्यार्थी कितावि ज्ञानमा पोख्त भएको भएता पनि ब्यबहारीक शिक्षामा समेत जोड दिन सुझाव समेत दिएकी छिन ।
विकासको बलियो आधार स्तम्भ शिक्षा नै भएको भन्दै नगर उप प्रमुख सुबेदीले नगरले समेत शिक्षामा एथेष्ठ बजेट छुट्टाएर शैक्षिक हवको अभियानलाई निरन्तरता दिई रहेको जिकिर गरिन ।

कार्यक्रममा बिद्यालयका संस्थापक तथा अध्यक्ष केशर बहादुर आलेले बिद्यालयलाई पारिवारीक वातावरण मैत्रि बनाउदै लगिएकाले अब बिद्यालयको पञ्चबर्षिक गुरुयोजना अनुरुप वातावरण अनुकुलका कक्षा कोठा निर्माण गर्ने बताए । उन्ले कितावि कीरो भन्दा पनि बिद्यार्थीहरुलाई ब्यबहारीक एबं सैद्धमन्तिक, सांस्कृतीक ज्ञान दिनमा समेत कञ्जुसाई नगरिने बताए ।

बिद्यालयको २२ औं स्थापना दिवसका अबसरमा नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक डा. दिनेश श्रेष्ठ, नगर शिक्षा शाखा अधिकृत रविलाल मिजार, उप प्रधानाध्यापक बद्रि प्रसाद शर्मा लगाएतले मन्तब्य राखेको कार्यक्रममा आगन्तुकहरुलाई बिद्यालयकी प्रधानाध्यापक साधना थापाले स्वागत गरेकि थिईन ।

बिभिन्न सांस्कृतीक बिधाहरु समेत प्रस्तुत गरिएको २२ औं बार्षिक उत्सवमा प्राज्ञ महानन्द ढकाल जिल्ला समन्व समितीका उपाध्यक्ष सिता कार्कि, कोहलपुर नगरपालिका सामाजिक विकास समितीका संयोजक ईश्वरी प्रसाद विशवकर्मा , प्याब्सन बाँकेका अध्यक्ष यम बहादुर रावत, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा , शिक्षक, बिद्यार्थी अभिभावकहरुको सहभागिता रहेको थियो ।

बर्षका उत्कृष्ठ शिक्षक तारा अर्याल र उत्कृष्ठ कर्मचारी बेल बहादुर खडकालाई सम्मान सहित कदर पत्र प्रदान समेत गरिएको उक्त कार्यक्रमको सञ्चालन बिद्यार्थीहरु स्मृती बिष्ट र उमेश शर्माले गरेका थिए ।

Nabintech